Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षा क्षेत्रलाई राजनीतिमुक्त राख्नुस ः मन्त्री शर्मा

Published on 1:29:00 PM //


गगनशिला खडका
शिक्षामन्त्री दिनानाथ शर्माले शैक्षिक क्षेत्र सुधारका लागी शिक्षाक्षेत्र राजनितीबाट मुक्त हुनुपर्ने बताएका छन । राजनितीमा लाग्ने र अधिकारका मात्र कुरा गर्ने तर कर्तव्यको ख्याल नगर्ने गरकोले शिक्षा क्षेत्रमा समस्या आएकोले राजनितीबाट मुक्त हुन आग्रह गरे। रेसुङ्गा बहुमुखि क्याम्पसको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्न शुक्रबार गुल्मी आएका मन्त्री शर्माले विहान जिल्ला शिक्षा कार्यालयमा भएको सर्बपक्षिय अन्तरक्रिया कार्यक्रममा यस्तो बताए ।
शिक्षकहरुलाई परेका समस्या समाधानको लागी सरकार तयार रहेकोले शिक्षकहरु आफ्नो कर्तव्यलाई प्रमुख प्राथमिकता दिन आग्रह गरे ।उनले राजनिति गर्ने क्षेत्र छुट्टै भएकोले अहिले विकाशका काममा राजनिती नगर्न आग्रह गरे । नेपालको अन्तरीम संविधानमा राष्टिय सहमतिका आधारमा राष्ट निर्माण गर्ने भन्ने उल्लेख भएकोले अन्तरीम संविधान अनुसार अगाडी बढ्न सबैलाई आग्रह गरे । उनले नेपालमा विगतका सरकारहरुले समयअनुसार शिक्षा निती परीमार्जन गरेर अगाडी नबढेको कारण अहिले शिक्षा क्षेत्रमा समस्या आएकोले अव नयाँ शिक्षा प्रणली लागु गरेर अगाडी बढ्नुपर्ने आबस्यकता औँल्याए । नेपालमा २०४६ सालको परीवर्तनपछि नयाँ शिक्षा प्रणली लागु गर्न नसक्दा अहिले २०२८ को पञ्चायति शिक्षा निती अनुसार चल्नु परेको बताए । यसले गर्दा समस्या आएको उनको भनाई छ ।
उनले प्रकृया पुर्याएर अस्थाई शिक्षकहरुलाइ स्थाई गरीने साथै नयाँलाई पनि आयोग खुलाएर शिक्षक बनाई शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गरीने गरी ऐन बनाउन लागीएको बताए । लामो समयदेखि पढाएका अस्थाई शिक्षकलाई सरकारले अन्याय गरेकोले पिडा भोगीर हनुभएकोले उनीहरुलाई सम्मानजनक सेवा सुविधा र स्थायी गर्ने प्रकृया अगाडी बढाईने गरी ऐन बन्दै गरेको बताए ।
उनले देशमा सबैभन्दा ठूलो समस्या २०५२ सालदेखि अहिलेसम्म शिक्षकहरुलाई स्थाई गर्ने प्रकृया नअपनाईएकोले आएको बताउँदै अव ऐन बनाएर यो वर्षभित्र समस्या समाधान गरीने बताए । अहिले २५ हजार शिक्षकका दरबन्दी खाली रहेर अस्थाई शिक्षकले काम गरीरहनुपरेकोले शिक्षा क्षेत्रमा खाली रहेका दरबन्दीहरुलाई यो वर्ष भित्र पुरा गर्ने गरी कार्यक्रम बनाईएको बताए । सरकारले तैयार गरेको ऐन शिक्षा ऐनका लागी कानुन मन्त्रालयको सहमति भैसकेको र अर्थको सहमतीका लागी छलफल भैरहेकोले तत्कालै ऐन कार्यान्वयन गरी शिक्षक र कर्मचारीका समस्या समाधान गरीने बताए ।
शिक्षा क्षेत्रको सुधारको लागी अहिले ल्याउन लागीएको ऐन दिर्घकालीन समस्या समाधानको उपाय नभएकोले राज्य पुनरसंरचनापछि नयाँ ऐन बनाएर कार्यान्वयन गरीने बताए ।विगतका सरकारहरुले शिक्षकहरुका समस्या समाधानका लागी कुनै पहल नगरकेोले समस्या भैरहेको भन्दै मन्त्री शर्माले तत्कालको लागी शिक्षा ऐनमार्फत समस्या समाधान गरीने तर दिर्घकालिन रुपमा भने राज्य पुनरसंरचनापछि नयाँ कार्यक्रमका साथ शिक्षा क्षेत्रलाई व्यबस्थीत गरीने कार्यक्रम रहेको समेत जानकारी दिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग