Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हाटबजारले कृषक उत्साहित

Published on 3:24:00 AM //


शिवलाल सुवेदी
गाउँ गाउँमा तरकारी संकलन केन्द्र तथा कृषि हाटबजार सञ्चालन भएपछि यहाँका व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका कृषकहरू उत्साहित भएका छन् ।
गुल्मी जिल्लामा पछिल्ला वर्षमा एक दर्जनभन्दा बढी स्थानहरूमा तरकारी संकलन केन्द्र तथा हाटबजारहरू सञ्चालनमा आएका हुन् । सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोग एवं व्यवसायिक तरकारी खेती गर्दै आएका किसानहरूको आफ्नै पहलमा जिल्लाका विभिन्न स्थानहरूमा यस्ता तरकारी संकलन तथा हाटबजारहरू सञ्चालनमा आएका हुन् ।
जिल्लाको सदरमुकाम तम्घास, थानपति, रुद्रवेणी, शान्तिपुर, रिडी, तुराङ्ग, ठुलोलुम्पेक, खैरेनी, धुकोट, सिमलटारी, अम्मरपुर, इस्मा, बलेटक्सार, गौडाकोट, हुगाँ लगायतका साना बजारहरूमा तरकारी सकंलन केन्द्र तथा हाटबजारहरू सञ्चालन भएका छन् । यसरी गाउँ गाउँमा तरकारी सकंलन केन्द्र स्थापना हुनु तथा हाटबजार सञ्चालन हुनुले ब्यवसायिक तरकारीमा लागेका जिल्लाका किसानहरू उत्साहित भएका छन् ।
जिल्लाका अधिकांश गाविसहरूमा बेमौसमी तरकारी तथा फलफुल उत्पादनमा युवाहरू अग्रसर छन् । तरकारी संकलन केन्द्र र कृषि हाटबजारले गर्दा जिल्लामा पाल्पा, बुटवलबाट आउने तरकारी समेत बन्द हुन् थालेको जिल्ला कृषि विकास कार्यालय गुल्मीले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले झण्डै ३ सय भन्दा बढी युवाहरू ब्यवसायिक तरकारी खेतीमा लागेको जनाएको छ । जिल्लाको ठुलोलुम्पेक गाविसका २ सय २० जना भन्दा बढी युवाहरू व्यवसायिक तरकारी खेतीमा लागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत नरहरि प्रसाद घिमीरेले जानकारी दिए । घिमरेका अनुसार जिल्लाका विभिन्न स्थानहरूमा तरकारी सकंलन केन्द्र तथा हाटबजार सञ्चालनले गर्दा युवाहरू ब्यावयिक तरकारी खेतीमा लागेका हुन् । कृषि कार्यालयले जनाएको छ ।
ठुलोलुम्पेकका युवा कृषक हिमबहादुर कुवँरका अनुसार एक सिजनमा ठुलोलुम्पेकबाट ५० टन जति टमाटर तथा अन्य तरकारी पोखरा जाने गरेको बताए । उनको मेहनत तथा सफलता देखेर अहिले गाउँमा २ सय २० उनी जस्तै युवाहरू कृषि पेसामा लागेका छन् । कुवँर अहिले रुद्रबेणीमा रहेको तरकारी सकंलन केन्द्रका प्रमुख समेत हुन् । उनले गाउँमा उत्पादन भएको तरकारी कृषकहरूलाई उचित मूल्य दिएर संकलन गर्ने तथा संकलन तरकारी पोखरा पठाउने गर्दै आएका छन् ।
त्यस्तै जिल्लाका गैडाकोट, हुगाँ, विसवास, सिमीचौर, थानपत, बलेटक्सार लगायतका स्थानहरूमा उत्पादन भएको तरकारी अहले पाल्पा, बुटवल जाने गरेको छ । जिल्लाका अन्य केही स्थानहरूमा सयौं युवाहरूले जग्गा भाडामा लिएर ब्यवसायिक तरकारी खेती गरिरहेका छन् । हुगाँका युवा कृषक बिष्णु भण्डारीका अनुसार अहिले हुगाँबाट १० क्विन्टल तरकारी बुटवल पुग्ने गरेको छ । जिल्लाको अम्मरपुर गाविसमा सञ्चालन हुने कृषि हाटबजारमा एक सातामा ३० हजारभन्दा बढीको तरकारी किनबेच हुने गरेको बस्तुका युवा हेमप्रसाद भण्डारीले बताए । एक पटकमा एक खेती मात्र हुने जिल्ला जग्गाहरूमा अहिले एकै पटकमा तीन खेतीसम्म गर्ने गरिएको ब्यवसायिक खेती गर्दै आएका नेकपा एमाले गुल्मी क्षेत्र नम्बर २ का पुर्व सासंद थानपतिका कमल श्रेष्ठले बताए । कृषकहरूले मकैबारी भित्र टमाटर, बन्दा गोभी, खुर्सानी लगायत उत्पादन गर्ने गरेको श्रेष्ठले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग