Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अस्थायी शिक्षकलाइ राज्यले अपमान गर्न हुन्न: दिनानाथ सर्माको

Published on 4:56:00 PM //


अनिल खत्री 
शिक्षा मन्त्री एबंम माओवादी नेता दिनानाथ सर्माले अस्थायी शिक्षकलाइ राज्यले अपमान गर्न नहुने बताउनु भएको छ । सरकारले अन्याय गरेको कारणले पनि स्थायी हुन नसकेको उहाँको भनाइ रहेको छ । राज्यले अस्थायी शिक्षक लगायत बिबिध बिषयमा नयाँ शिक्षा ऐन तयार हुन लागेको समेत बताउनु भएको छ । रेसुङ्गा बहुमुखी क्याम्पसको २७ औ क्याम्पस सभाको उदघाटन गर्न गुल्मी आउनु भएका शिक्षा मन्त्री शर्माले जिल्ला शिक्षा कार्यलय गुल्मीले आज गुल्मीको सदरमुकाम तम्घासमा आयोजना गरेको अन्तर्कृया कार्यक्रममा यस्तो भनाइ राख्नु भएको हो । उहाले शिक्षा सेवा आयोग सक्रिय नभएकोले शिक्षा क्षेत्रमा बिबिध बिषमा कामहरु अगाडी नबढेको समेत भनाइ ब्याक्त गर्नु भएको छ । 
अन्तर्कृया कार्यक्रममा जिल्ला स्थीत बिभिन्न शिक्षक संगठनका शिक्षक, राजनितीक दल शिक्षा क्षेत्रका बिभिन्न पदाधिकारीले शिक्षा क्षेत्रमा गर्नु पर्ने सुधारका बारेमा बिभिन्न सुझाबमा मन्त्रीको ध्यानआकर्षण गराएका थिए । कार्यक्रममा जिल्ला शिक्षा अधिकारीले गुल्मी जिललाको समग्र शैक्षिक अबस्थाको बारेमा समेत जानकारी गराउनु भएको थियो । उहाले गुल्मी जिललाको शैक्षिक अस्था दिनानु दिन खस्कीदै गएको र यसलाइ सुधार गर्नु पर्ने देखिएको भनाइ राख्नु भएको थियो । कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल, स्थानिय बिकास अधिकारी दिपेन्द्रराज पौडेल लगायत बिभिन्न शिक्षक संगठन लगायत शिक्षक कर्मचारी पत्रकारको उपस्थित रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग