Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सात वुँदे सहमति पुरा नुहुँदासम्म देशमा शान्ति स्थापना हुन नसक्ने

Published on 4:25:00 AM //


गगनशिला खड्का/जनार्दन घिमिरे
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले जवसम्म माओवादीसंग गरिएको सात वुँदे सहमति पुरा हुँदैन तवसम्म देशमा शान्ति स्थापना हुन नसक्ने वताएका छन् । उनले जवसम्म माओवादीका क्याम्पहरु खाँली हुँदैन,हतियार सरकारलाई वुझाइँदैन र कव्जा जग्गा जमिन फिर्ता हुँदैन तवसम्म्म देशमा स्थाई शान्ति नहुने र संविधान निर्माण हुन नसक्ने वताए ।
नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्वर तीनको भोली हुन गईरहेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्न आज गुल्मी आई पुगेका नेता देउवाले नेपाल विद्यार्थी संघ रेसुङ्गा वहुमुखि क्याम्पस ईकाई समितिले आयोजना गरेको स्वागत कार्यक्रममा उक्त कुरा वताएका हुन् । उनले माओवादीसंग गरिएको सात वुँदे सहमति पुरा भएको खण्डमा कसैले खोस्न नसक्ने लोकतन्त्र स्थापित गर्न सकिने भन्दै वरिष्ठ नेता देउवाले त्यसपछि मात्र संघिय ढाँचाको संविधान निर्माण गर्न आफुहरु लागि पर्ने र थपिएको छ महिना भित्रमा संविधान वन्न सक्ने दावी समेत गरेका छन् ।
उनले त्यसको लागि माओवादीहरुले आफुले गरेको साँत वुँदे सहमति अनुसार वाचा पुरा गर्न समेत माओवादीलाई आग्रह गरेका छन् । कार्यक्रममा वरिष्ठ नेता देउवाले नेपालमा स्थायी शान्ति कायम गर्नकालागि प्रजातन्त्रवादी पाटिहरु एकजुट हुनु पर्ने आवश्यक रहेको समेत औल्याएका थिए । यतिवेला मुलुकको अर्थतन्त्र कमजोर भएको भन्दै नेता देउवाले जलश्रोतको क्षेत्रमा विदेशि लगानि भित्राउने वातावरण श्रृजना गर्न सकियो भने नेपाल एसियाकै धनि मूलुक वन्ने समेत दावी गरेका छन् । कार्यक्रममा केन्द्रिय सदश्य वालकृष्ण खाँण, चन्द्र भण्डारी,गगन थापा लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग