Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक ब्याक्तिको सहयोगमा पुस्तकालय

Published on 8:58:00 PM //


गगनशिला खड्का
स्थानीय जनताको  अथक मेहनत र प्रयासले दर्लिङ्ग गाविसमा सञ्चालित नेटा दर्लिङ्ग उच्च मावीमा एक ब्याक्तिको सहयोगमा पुस्तकालय स्थापना हुने भएको छ । तम्घास गाविस वार्ड नं मा स्थाई घर भई हाल आँखा उपचार केन्द्र तम्घासमा इन्चार्जको रुपमा कार्यरत सुर्य बहादुर बस्नेतले भौगोलिक विकटताले पछि परेको गाविस दर्लिङ्गमा सञ्चालित विधालयलाई उक्त पुस्तकालयको स्थापना गरिदिनुहुने भएको हो ।
करीब ५ गाविसका विधार्थीहरुले अध्ययन गर्ने उक्त विधालयमा लाईब्ररीको अभाब देखिएपछि आफुले नगद रु १० हजार सहयोग गरी लाईब्रेरीको स्थापना गरिदिने बस्नेतले बताउनुभयो । आफुहरुले विभिन्न समस्याका बाबजुद पनि दर्लिङ्ग गाविसको शैक्षिक स्तरलाई माथी उकास्नको लागी उच्च मावी सञ्चालन गरेपनि लाईब्ररीको व्यवस्था नहुदाँ विधार्थीहरुलाई ग्राहो हुने गरेको विधालयका प्राचार्य तेज बहादुर सोनारले बताउनुभयो । बस्नेतले विधालयलाई लाईब्रेरी स्थापना गर्नको लागी गरेको प्रशसनिय कामको सबैले स्वागत गरेका छन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग