Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवअधिकार वर्ष पुस्तक २०१२ को पूर्व समिक्षा

Published on 7:02:00 PM //

नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय, गुल्मीको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०१२ को पूर्व समिक्षा कार्यक्रम ०५८ पुस ६ गते तम्घासमा सम्पन्न भयो ।
सन २०११ भित्र जिल्लामा घटेका मानवअधिकार हननका घटनाहरुको बारेमा सरोकारवाला निकाय संग सुझाव संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रमका प्रमुख अतिथि माननिय जिल्ला न्यायाधिश कृष्णराम कोईरालाले इन्सेकको प्रतिवेदनले जिल्लाको मानवअधिकार अवस्थाको झलक प्रस्तुत गरेको भन्दै जिल्लामा मानवअधिकार हननका घटना न्यूनिकरण गर्न सरोकारवाला निकायहरुलाई सहकार्यमा काम गर्न सुझाव दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले इन्सेकको प्रतिवेदन घटना प्रदान भएको तर राज्यले गरेका सकारात्मक पहलहरुको बारेमा नबोलेको भन्दै प्रतिवेदन विश्लेषणात्मक बनाउन सुझाव दिनुभयो । डिएसपी राजकुमार बैदवारले प्रहरीबाट कानुन कार्यान्वयन गराउने शिलशिलामा मानवअधिकार हनन नहोस् भन्ने तर्फ सजग रहेको भन्दै यदाकदा हुने गरेका घटनाहरुलाई उत्तेजित नपार्न नागरिक समाज संग आग्रह गर्नुभयो ।
कार्यक्रममा एकीकृत माओवादीका श्रृजना त्रामु, एमालेका कृष्ण भण्डारी, दलित साझा मञ्चका गणेश वि.क., बारएशोशिएसनका प्रेमराज आचार्य, मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियानका पदमप्रसाद पाण्डे, दलित महिला संघका कमला बराल, एकिकृत ग्रामिण विकास समाजका कृष्ण वि.क. लगायतका वक्ताहरुले इन्सेकको प्रतिवेदनले जिल्लामा महिला, बालबालिका र दलितहरुको मानवअधिकार हननका घटनाहरुमा बृद्धी भएको भन्दै यस क्षेत्रमा राज्यको ध्यान केन्द्रीत हुनुपर्ने धारणा राखे ।

इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक
जिल्ला प्रतिनिधि नरेश भण्डारीले एक बर्षको प्रतिवेदन प्रस्तुत गरे ।




Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग