लडाकुहरुवाट क्याम्प खाली नहुँदासम्म शान्ति कायम हुन नसक्ने: देउबा
Published on
1:24:00 PM //
सीता भण्डारी
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले माओवादी लडाकुहरु वाट क्याम्प खाली नहुँदासम्म देशमा शान्ति कायम हुन नसक्ने वताएका छन् । नेपाल प्रेस युनियन गुल्मीले आज सदरमुकाम तम्घासमा गरेको पत्रकार सम्मेलनमा वोल्दै वरिष्ट नेता देउवाले उक्त कुरा वताएका हुन् । उनले हतियार सरकारलाई नवुझाउँदा र कव्जा जग्गा जमिन फिर्ता नहुँदा सम्म उनीहरुको कुरालाई विश्वास गर्न नसकिने समेत वताएका छन् । उनले माओवादीलाई रुपान्तरित र प्रजातान्तिक हुन समेत आग्रह गरेका छन् ।
ऐतिहासिक कालखण्डमा आफुलाई नेपाली काँग्रेसको साधारण सदश्यवाट निस्कासन गरेपछि विगतमा पार्टि दुईटा भएको भन्दै नेता देउवाले वर्तमान अवस्थामा भातृ संगठनहरुलाई अधिवेशन गर्न दिनु पर्ने भन्दै भंग गर्न नहुँने समेत वताए । उनले आफु पाटिलार्ई मिलायर लैजान तयार भएको भन्दै यदि पाटि सभातिले पाटिलाई नमिलाई एकोरो अघि वढेमा त्यसपछि आफुले के गर्ने भन्ने वारेमा पछि निर्णय गर्ने समेत चेतावनी दिएका छन् । उनले सभापति कोईराला एक्लै हिड्न खोजे आफुले पार्टी मिलाएर लैजाने भन्दै कोईरालालाई हात समाते र नरोक्ने वताए ।
नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्वर तीनको आज सम्पन्न हुन गईरहेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्न गुल्मी आई पुगेका नेता देउवाले आज नेपाल प्रेस युनियन गुल्मीले आयोजना गरेको कार्यक्रममा वोल्दै उक्त विचारहरु व्यक्त गरेका हुन । कार्यक्रममा केन्द्रियहरु सदश्य वालकृष्ण खाँण,चन्द्रभण्डारी,गगन थापा लगायतका नेताहरुको समेत सहभागिता रहेको छ । कार्यक्रम प्रेसयुनियन अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता एर्व सचिव पिएम मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।










0 प्रतिकृयाहरु