Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी पुगेका शेर बहादुर देउबासँगको अन्तर्वाता

Published on 9:12:00 PM //


नेपाली कांग्रेसका बरिष्ट नेता शेरबहादुर देउवा विहिवार तम्घास आउनु भयो । शुक्रवार विहान नेपाल प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुनुभयो । र लगत्तै नेपाली कांग्रेस ३ नं. क्षेत्रको क्षेत्रीय सम्मेलन अर्जैमा उद्घाटन गर्नु भएको छ । युनियनले तम्घासमा गरेको पत्रकार सम्मेलनमा नेता देउवाले आफुले पहिला पार्टी फुटाएको कारण र त्यसपछिका विविध अनुभवको फेहरिस्त नै लगाउनु भयो । सो अवसरमा उहाँले आफु अहिले पार्टीलाई थप एक प्रजातान्त्रकि बनाउन लागि परेको जानकारी समेत दिनुभयो । सोही पत्रकार सम्मेलनमा भएको कुराकानी गुल्मी न्युज सहयोगी घनश्याम गौतमले सम्पादन गरी प्रस्तुत गर्नु भएको छ । 

पार्टी सभापतिबाट एउटा कुरा आएको छ, देउवा जी मेरो सल्लाहमा हिड्नु भएन भने म आफ्नै ढंगले अगाडी चल्छु भन्ने र तपाईलाई पार्टी दुई चिरामा पार्न खोजिएको भन्ने आरोप पनि छ, प्रष्ट पारिदिनुस न ?
आफ्नै किसिमले जान्छु भन्नेलाई मैले हात समातेर रोक्न सकिदैन । पार्टी हिजो एउटा ऐतिहासिक कालखण्डमा नेपाली कांग्रेसको साधारण सदस्यबाट मलाई निस्कासन भएपछि पार्टी दुईटा भएको हो । पार्टी दुइटा भैसकेपछि राजाको खिलाफमा लड्न् क्रममा संगै लडियो ।
संविधान सभाको चुनाव आयो अलग अलग लड्दा पार्टीलाई हानी हुन्छ मिलेर लडौं, पार्टी एक गरौं भन्ने कुरा आयो । माओवादीले दुवै पार्टीलाई गाउं पस्न दिएन । दुवै तिरका साथीहरुलाई दोष आयो । सबैले मिल्नु पर्छ मिल्नु पर्छ भन्ने दवाव पनि आयो हामी मिल्यौं । मिल्दाका बखत गरिएका सहमतिको लिखित दस्तावेज नै छ । पार्टी भातृ संगठन सहित मिलेको हो । एकिकरण पश्चात महाधिवेशन बोलाएर नया नेतृत्वको चयन गर्ने सहमति भएको हो । त्यसै अनुरुप नेकाको अधिवेशन भयो । शुसिल कोइराला जित्नु भयो म हारे हामीले मानेका छौं । त्यस्तै चाहिने भातृ संगठनहरुलाई पनि अधिवेशन गर्न दिने हो, भंग गर्न दिने होइन, निर्वाचित संस्था हुन, एकिकृत भएका संस्था हुन । त्यसकारण हाम्रो सैद्धान्तिक कुरा पनि हो ।
मेरो त जिल्ला समिति भंग गर्दा खेरी बिरोध गरेका मान्छे हुं । भंग गर्ने पद्धतीकै बिरोधी मान्छे हो म । नगर्नुस भन्दा खेरी उहाले मान्नु भएन म्याद पुगिसक्यो भन्नु भो । म्याद गाछैन, हामिले आप्mनो म्याद तिन पटक बढायौं भने उनीहरुलाई अधिवेशन गर्ने म्याद पनि दिउं न । अधिवेशन गर्ने टाइम पनि मागेका रैछन् । त्यसो नगर्नुस भन्दा मान्दै माननु भएन । त्यो पनि लामो कुरा छ हेर्नुस अब यो मानिराख्या थिएन । रामचन्द्र पौडेललाई उपसभापति र शुसिल कोइराला जी लाई महामन्त्रीमा प्रस्ताव राख्नु भो उहाले ।
अनि त्यो प्रस्ताव राख्दा खेरी बहुमत उहासंग थिएन, बहुमत हामीसंग थियो । ठिक छ हामी सर्पोट गरौंला केही छैन । राजनीतिक सहमति गर्नु पर्यो भातृ संगठनलाई भंग गर्ने होइन अधिवेशनमा लैजाने सहमति भएको हो । अरु पनि ब्यापक सहमति भएको हो । संसदीय दलको नेता परिवर्तन गर्ने सहमति भएको हो । ति सबै सहमतिहरुको अचानक तोड्ने काम गर्नु भयो र बहुमतका आधारमा भंग गर्ने काम गर्नु भयो । त्यो चाहिने सबै अनसने बसे । १० दिन भै सक्यो, दशै लागिसक्या थियो । सहमति हुने कुरा भएको थियो । उहाले भेट्न पठाएका तिन जना साथी मलाई भेट्न आएका थिए ।
 रामशरण महत, कृष्ण सिटौला र नरहरी आचार्य । मैले यो अनसन टुटाउनु पर्यो मिलाउनु पर्यो, भंग भैसके, केन्द्रिय समितिले पास गरी सक्यो, नहुने काम भए, तै पनि त्यसलाई उल्टाउन भन्दा भंग भएका सभापतिहरुकै अध्यक्षतामा अधिवेशन तयारी समिति बनाऔं भन्दा खेरी ल ठिक छ त यो अनसन टुट्छ भने भनेर हामीले मान्यौं सुशिल कोइराला जिले पठाएका व्यक्तिको प्रस्ताव मान्दा पनि उहाले मान्दिनुभएन । अब अनसन चाहिने १० दिन भैसक्यो । डाक्टरले भन्न थालेकी अनसनकारीको स्वास्थ्य ठिक छैन । कुनै बेला केही हुन सक्छ । सलाईन चढाउन मान्दैनन, अस्पताल जान मान्दैनन, साथीहरुको त्यस्तो अवस्था छ । त्यसपछाडी मैले अनसन तोडाउन अर्को बाटो छैन । त्यसलै मैले पार्टीबाट राजिनामा गरेको हुं । अब यो कुरा भो भन्न मैले चाहेको ।

त्यसकारण चाहिने म पार्टी मिलाउने मान्छे हो । पार्टी एकिकरण गरेको व्यक्तिले मिलाएरै लैजानु मेरो दायित्व हो । त्यसैले मिलाएर लैजान चाहान्छु । त्यसैले यस्ता गतिविध रोक्न पनि चाहान्छु । , नहुने कुराहरु, अप्रजातान्त्रिक कुराहरु, मनपरि कुराहरु, भाडभैलो गर्ने कुराहरु रोक्नु पनि मेरो कर्तब्य हो । यही कुरा गर्न मैले खोजिरहेको छु । अब जे हुन्छ, हुन्छ म एक्लै जान्छु गर्छु भने त मैले के गर्न सक्छु । पार्टी सभापति जस्तो मान्छेले पार्टी मिलाएर हिड्नुको सटा आप्mनै किसिमले हिड्छु भन्नेलाई हात खुटा बान्न त सकिन्न नि ।

सभापति आफ्नै किसिमले हिंडे तपाई पनि आफ्नै किसिमले हिड्ने हो त ?
पार्टी सभापति हो उहा त । म मिल्न त तयारै भएको मान्छे हो नि, म मिल्नै चाहान्छु पार्टी मिलाएरै लैजान चाहान्छु अहिले पनि तर मिलाउदै मिलाउन्न भन्नेसंग त म के गर्न सक्छु र ।

कुरा त प्रधानमन्त्री मै अडकिएको छ रे नि ?
होइन । प्रधानमन्त्रीको कुरा तपाई भन्नुहुन्छ भने केन्द्रिय समितिले सहमतिको सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा भनेर पास गरेकै हो ।
बहुमतिय भए रामचन्दै पौडेल बन्ने भन्ने हो । त्यो उल्टाएको छैन जस्तो लाग्छ । सुशिल कोइरालासंग बहुमत छ उल्टाए भै गो नि त ।


तपाईको राजिनामा आएको छ, केन्द्रिय समितिमा निर्णय छ भन्नुहुन्छ कसरी मान्ने ?
त्यही त भने नि । केन्द्रिय समितिले निर्णय गरे भै हौल्यो नि ।

हिजो केन्द्रिय समितिको पदाधिकारी बैठकबाट भातृ संगठनको तयारी समितिका लागि तपाईका पक्षहरुको नामावली एक हप्ता भित्र दिने भनेर मागिएको अल्टिमेटम आएको छ, के तपाईले नामावली दिनुहुन्छ त ?
खै त्यो अल्टिमेटम मलाई थाहा छैन । म अल्टिमेटममा विश्वास गर्ने मान्छे पनि होइन ।


अहिले पार्टी फुट्ने सम्भावना छ कि छैन ?
किन फुट्ने पाटी । मैले पार्टी फुटाउनै चाहन्न किन फुट्छ पार्टी । सुशिल कोइरालाको कुरा हो भने उतै सोध्नुहोस ।

सहमतिय सरकारका लागि के पहल गर्नुहुन्छ बरिष्ट नेता र तिन पटक प्रधानमन्त्री समेत भएको भएको नाताले ?
म काठमाण्डौ गएर भन्न सक्छु । अहिले केही भन्न सक्तिन ।

देश दौडाहा कहिले सकिन्छ ?
त्यो पनि अहिल्यै कहां भन्न सक्छु र ।


तपाईको नेतृत्वमा राष्टिय सहमतिको सरकार बन्ने सम्भावना कत्तिको छ नि ?
सम्भावना थाहा छैन मलाई ।

थपिएको छ महिना भित्रमा संविधान निर्माण हुन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
अदालतको निर्णयले बाध्यात्मक अवस्था आएको छ । बन्नै पर्छ ।

अहिलेको अवस्थामा नेपाली कांग्रेसले माओवादीलाई हेर्ने दृष्टिकोण के त ?
माओवादी पाटी छ । सबै भन्दा ठुलो पाटी हो । पाटी रुपान्तरीत होस, प्रजातान्त्रिक होस भन्ने हाम्रो हो । एमाले रुपान्तरीत भएको छ । माओवादी पनि रुपान्तरित होस भन्ने हाम्रो चाहना हो ।


७ बुदे सहमतिप्रतिको बुझाई ?
राम्रो कुरा हो । जबसम्म माओवादीले ब्यारेक खाली गर्दैन, तबसम्म शान्ति हुदैन । जबसम्म हतियार फिर्ता हुदैन तबसम्म शान्ति हुंदैन । जबसम्म घर जग्गाफिर्ता हुदैन तबसम्म शान्ति हुदैन । त्यो पुरा गर्छु भनेको छ माओवादीले । अब अहिले गर्छ गर्दैन हामीले हेरौं न पुरा गर्छन कि ।

प्रस्तुती ः घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग