Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गर्लफ्रेन्डलाई फोन गर्न महिनाको सवा लाख !

Published on 5:27:00 AM //


प्रेममा परेको मानिस कति पागल हुन्छ र आफ्नो टुप्पी बिकेको समेत थाहा पाउँदैन भन्ने दृष्टान्त बेलायतका एक किशोरले पेश गरेका छन् । १४ वर्षका किशोर ल्यूक आर्मस्ट्रंगले आफ्नी प्रेमिकालाई फोन गर्दा महिनाको ९ सय १२ पाउण्ड खर्च गरेका छन् । उनले खर्च गरेको त्यो रकम १ लाख १६ हजार रुपैयाँभन्दा धेरै हुन्छ ।
कुखुरे बैंसले कुत्कुताएका ल्यूकले आफ्नी पहिली प्रेमिकालाई खुसी पार्न दिनरात फोन गरे तर प्रेम यति धेरै महंगो हुन्छ भन्ने कुरा सोँचेनन् ।
महिनाको अन्त्यमा टेलिफोनको बिल तिर्न जाँदा त्यतिधेरै बिल उठेको देखेपछि ल्यूककी आमा मूलर झण्डै बेहोस् भइन् ।
घर आएर सोधपुछ गर्दा पो थाहा भयो छोरा नराम्ररी केटीको चक्करमा फसेको रहेछ ।
छोरो बिग्रने चिन्ता मात्र होइन भोलिका दिनमा तिर्नै नसक्ने गरी टेलिफोनको बिल उठाउँछ की भन्ने डरले उनले टेलिकमसँग ल्यूकले गर्ने फोनकलमा नियन्त्रण गर्न आवेदन दिने सोँच बनाएकी छिन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग