Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ढुङ्गाखानीबाट पहिरो खस्दा यातायात, खानेपानी र बिद्युत सेवा अबरुद्ध

Published on 9:01:00 PM //

मनोज बस्नेत
जथाभावी रुपमा निकालीको ढुङ्गा खानीबाट पहीरो खसेपछी गुल्मीको बिभीन्न ठाउँका बासीन्दाहरु यातायात, खानेपानी र बिद्युत सेवा बाट बन्चीत भएका छन् । गुल्मी नेटा गावीसको वार्ड नम्बंर ७ र ८ को सिमानामा पर्ने कुशेपानी नजिकै रहेको ढुङ्गाखानीबाट आज बिहान पहिरो झरेपछी गुल्मीको बिभीन्न ठाउँका बासीन्दाहरु यातायात, खानेपानी र बिद्युत सेवा बाट बन्चीत भएका हुन् ।
कुनै वास्ता नगरी मोटरबाटाको कुनाबाट झण्डै १ बर्ष अगाडी जथाभावी ढुङ्गा निकालीदाँ बिहान झरेको पहिरोबाट सदरमुकाम तम्घास देखी पौदी, नेटा, दर्लीङ हुदैँ ह्वादी जाने मोटरबाटो अबरुद्ध भएको छ । ठुला–ठुला चट्टान सहित खसेको पहिरोले दर्लिङ देखी मुसीकोट बडागाउँ जाने बृह्त खानेपानी योजनाको पाईप बिचबाट टुक्रियपछी मुसिकोट र बडागाउँ गाविसका हजारौ उपभोक्ता खानेपानीबाट बन्चीत भएका छन् । खानेपानीको पाईप टुक्रिदाँ सोही खानेपानीको लाईनबाट नेटा गाविसको वार्ड नम्बर ४ थाममा सञ्चालन गरिएको लघुजलबिद्युत पनी अबरुद्ध भएको छ ।
लघुजलबिद्युत अबरुद भएपछी उपभोक्ताहरु मर्कामा परेका छन् । पहिरो फेरी झर्ने सक्ने भएकाले स्थानीयलाई त्यस बाटोबाट आवतजावत गर्न समेत अफ्ठयारो भएको स्थानीय बिष्णु फुल्देलले बताउनुभयो । ठुलापधेँरा सामुदायीक बनको क्षेत्रमा पर्ने उक्त क्षेत्रमा पहीरोले झण्डै ६० हजार पर्ने तैयारी ढुङ्गा समेत पुरीएको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग