Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लड क्यान्सर पीडित थापाद्वारा सहयोगको याचना

Published on 1:56:00 AM //


जीवन रक्षाका लागि सहयोग गरिदिन ब्लड क्यान्सर पिडित युवकले आग्रह गरेका छन् ।
गुल्मी जिल्ला खड्गकोट-९ घरमै हाल बुटवल बस्दै आएका ३३ वर्षिय भैरव बहादुर थापाले त्यस्तो आग्रह गरेका हुन ।
आइतबार बिहान रिपोर्र्टस क्लब नेपाल लुम्बिनीको सर्म्पकमा आएका ब्लड क्यान्सर पिडित थापाले बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै आफू सामान्य किशानको छोरो भएको र ब्लड क्यान्सरको उपचार गर्न सक्ने अवस्था नभएकोले सहयोग जुटाउन पहल गरिदिन आगह गरे ।
यसै हप्ता मात्रै आफूलाई ब्लड क्यान्सर भएको थाहा भएको बताउँदै उनले प्रारम्भिक उपचारका लागि मात्रै बि.पि. कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनले ३ लाख ५० हजार रुपैयाँ र प्रति दिन एक जनाका दरले एक हप्ता सम्म रगत दिने मानिस लिएर जति सक्दो चाडो आउन सल्लाह दिएको जानकारी दिए ।
दशौं लाख रुपैया खर्च लाग्ने ब्लड क्यान्सर जस्तो रोगको उपचार गर्न सक्ने आर्थिक अवस्था नभएकोले उपचारका लागि सहयोग गरिदिन सरकारी तथा गैर सरकारी संघ संस्था तथा व्यक्ति विशेषलाई उनले  आग्रह गरेका छन् ।   सञ्चार माध्यम मार्फत सहयोगका लागि आग्रह गरे सहयोग पाउन सकिनछ की भन्ने ठानेर आफ्नो सहयोगको आग्रह सार्वजनिक गर्न आफू पत्रकारहरुसंग गुहार माग्न आएको बताउदै आ-आफ्नो सञ्चार माध्यम मार्फत सहयोग याचना आम जनसमुदाय तथा सहयोगी संस्थाहरु समक्ष पुर्‍याइदिन आग्रह गरे ।
गुल्मी खड्गकोट-९ बस्ने मन बहादुर थापाका माइला छोरा भैरव बहादुरको श्रीमती, दुइ छोरी र एक छोरा रहेका छन् ।  बुटवलमा कस्मेटिक सामानहरुको मार्केटिङ्ग गर्ने कार्य गर्दै आएका थापा जागिर छाडेर उपचार खर्च जुटाउन सहयोगको याचना गर्दै हिड्न थालेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग