Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषि उपजका लागि वार्षिक रु साढे २७ करोड गुल्मीबाट बाहिर

Published on 4:24:00 AM //

भरत पाण्डे
कृषिक्षेत्रमा लाग्ने युवाको सङ्ख्या बढिरहे पनि उनीहरूलाई पर्याप्त सहयोग गर्न नसक्दा गुल्मीमा कृषिजन्य उत्पादनको लागि मात्रै वार्षिक रु साढे २७ करोड बाहिरिने गरेको छ ।

खाधान्न, तरकारी, फलफूल, दाललगायतका दैनिक जीवनयापनका लागि अत्यावश्यक सामग्रीका लागि जिल्लाबाट वार्षिक रु २७ करोड ४९ लाख ६० हजार बाहिरिने गरेको जिल्ला कृषि विकास कार्यालय गुल्मीले जनाएको छ ।

बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने मध्ये सबैभन्दा बढी खाद्यान्न रहेको र यसका लागि वार्षिक रु २३ करोड बाहिरिने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाका लागि आवश्यक पर्ने ६७ हजार २५५ मेट्रिक टन खाद्यान्नमध्ये ५७ हजार ५३५ मेट्रिक टन खाद्यान्न जिल्लाभित्रै उत्पादन हुने र नौ हजार ७२० मेट्रिक टन बाहिरबाट आयात गर्नुपरेको बताइएको छ ।

बाहिरबाट आयात गर्नुमध्ये आलु दोस्रो नम्बरमा रहेको छ । गुल्मीमा २५ हजार ९ सय १२ मेट्रिकटन आलु आवश्यक पर्नेमा जम्मा रु तीन हजार ५४४ गुल्मीमा उत्पादन हुने गरेको र २३ हजार ३६८ मेट्रिक टन आलु बाहिरबाट भित्र्याउँदा रु दुई करोड ३४ लाख बाहिरिने गरेको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

जिल्लाबाट तरकारीमा रु ६२ लाख रकम बाहिरिने गरेको छ ।

गुल्मीमा २८ हजार ९१८ मेट्रिक टन तरकारी आवश्यक रहेकोमा ६ हजार १६ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको तर २२ हजार ९०२ मेट्रिक टन बाहिरबाट आयात गर्नुपरेको छ ।

जिल्लाबाट बीउबीजनमा रु ३० लाख, दालमा रु २५ लाख, तेल र लसुनमा रु २०÷२० लाख, प्याजमा रु १५ लाख, सदाबहार र पतझर फलफूलमा रु १२÷१२ लाख, सुन्तलामा र फलफूलमा रु ६ लाख र बेसारमा रु तीन लाख बाहिरिने गरेको छ ।

कफीका लागी प्रशिद्ध जिल्ला भनिने गुल्मीबाट वर्षिक रु दुई करोड ३६ लाख १३ हजारको कफी देश तथा विदेशका विभिन्न भागमा निर्यात हुने गरेपनि जिल्लामा रु ६० हजारको कफी भित्रिने गरेको तथ्याङ्क कृषि विकास कार्यालयसँग छ ।

जिल्लामा तीन हजार ५४४ मेट्रिक टन आलु उत्पादन हुने गरेकोमा २२ हजार ३६६ मेट्रिक टन आलु बाहिरबाट गुल्मी भित्रिने गरेको छ ।

त्यस्तै दुई हजार ३७४ मेट्रिक टन फलफूल, सात हजार ३३ मेट्रिक टन दाल र हजार ३ सय ३७ मेट्रिकटन तेलहन बस्तु बाहिरबाट भित्रिने गरेको छ ।

कृषि उत्पादन मध्ये एकमात्र नगदेबाली अदुवामा भने गतवर्षदेखि गुल्मी आत्मनिर्भर घोषणा गरिएको छ । गतवर्ष जिल्लाबाट रु तीन करोडको अदुवा बाहिर बिक्री भएको छ । रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग