Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गाद्वारा ९६ करोड रुपैंयाँ निक्षेप संकलनगरि ५५ करोड कर्जा प्रवाह

Published on 2:35:00 AM //


जनार्दन घिमिरे
नेपाल राष्ट्र वैंकवाट ख वर्गको ईजाजत प्राप्त रेसुङ्गा विकास वैंक गुल्मीको चौंथो वार्षिक साधारण सभा आज सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । वैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त चौंथो वार्षिक साधारण सभामा वंैकको हालसम्मको चुक्ता पुँजी ६ करोड १२ लाख रहेकोे छ । २०६४ असोज ९ गते सदरमुकाम तम्घासमा मुख्य कार्यालय स्थापनागरि १ करोड ६० हजार चुक्ता पुँजीवाट शुरु गरेको उक्त वैंकको अधिकृत पुँजी हाल २० करोड र जारी पुँजी ७ करोड ४ लाख रहेको उक्त वैंकका कार्यकारी अधिकृत सार्जन भट्टराईले जानकारी दिनु भएको छ । उक्त वैंककले सदरमुकाम तमघासमा मुख्य कार्यालय स्थापनागरि विकट ग्रामिण क्षेत्रहरु मर्भुङ्को सिमलटारी,वामी टक्सार, तुराङ्को मजुवा,जोहाङ्गको खैरेनी, शान्तिपुर र वलेटक्सारगरि ६ ठाउँमा आफ्ना शाखाहरु विस्तारगरि सर्वसाधारणहरुलाई सेवा पुराउँदै आईरहेको छ । वैंकको अहिलेसम्म २४ हजार ग्राहकहरु रहेको वताइएको छ ।
वैंकमा गत मंसिरसम्म ९६ करोड रुपैंयाँ निक्षेप संकलनगरि ५५ करोड कर्जा प्रवाह गरेको पनि वैंकका प्रमुख कार्यकारी अधिकृत भट्टराईले जानकारी दिनु भएको छ । वार्षिक साधारण सभाले सञ्चालक समितिवाट प्रस्ताव भई नेपाल राष्ट्र वैंकवाट समेत स्वीकृति प्राप्त ६ लाख १२ हजार कित्ता शेयरको १५ प्रतिशतले हुने ९१ हजार ८ सय कित्ता वोनस शेयर वितरण गर्न र ११.३२ प्रतिशतले हुने रकम रु ६९ लाख २५ हजार २ सय ३६ नगद लाभांस वितरण गर्न समेत स्वीकृत प्रदान गरेको छ ।
वैंकले विशेष प्रस्तावको रुपमा अन्य कुनै वैंक तथा वित्तिय संस्था एक आपसमा मर्ज हुने सम्वन्धमा समझदारीपत्र तर्जुमा गर्ने लगायतका आवश्यक सवै प्रकृयाहरु अघि वढाउन र वैंकको कार्यक्षेत्र विस्तार गर्ने सम्वन्धमा सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गरेको छ । वैंकले संस्थागत सामाजीक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत गुल्मी जिल्लामा उच्च माध्यमिक विद्यालयमा अध्यनरत व्यवस्थापन संकाय तर्फ कक्षा ११ र १२ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एकजना छात्र र एकजना छात्रालाई वार्षिक रुपमा १०÷१० हजार रुपैंया प्रोत्साहन स्वरुप प्रदान गर्दै आईरहेको वैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले वताउनु भएको छ । रेसुङ्गा विकास वैंक गुल्मी जिल्लामा निजी क्षेत्रवाट संचालित पहिलो विकास वैंक हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग