Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनाका थप एकको मृत्यु, संख्या चार पुग्यो

Published on 5:56:00 PM //


घनश्याम गौतम 
ग्वादी ५ याडुङमा आइतवार भएको जिप दुर्घटनामा मर्नेको संख्या चार पुगेको छ ।
लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार गराईरहेकी गल्कोट ३ बाग्लुङ्गकी ६८ वर्षिया लली क्षेत्रीको सोमबार उपचारकै क्रममा मृत्यु भएको हो । पाल्पामै उपचारकै क्रममा आइतवार नै मृत्यु भएर सनाखत हुन नसकेकी महिला अर्लाङकोट ६ गुल्मीकी ४५ वर्षिया कालिका खरेल रहेको पनि अस्पतालले जनाएको छ ।
बुटवलबाट बाग्लुङ्गको हटिया जा“दै गरेको ध १ ज १९१ नम्बरको जिप दुर्घटनामा घाइते भएका मध्ये चालक दलबहादुर थापालाई थप उपचारका लागि भरतपुर मेडिकल कलेज र मदन चालिसेलाई बि एण्ड बि अस्पताल काठमाण्डौ रिफर गरिएको अस्पतालले जनाएको छ । घटनामा गल्कोट ३ बाग्लुङ्गका ३ महिने शिशु हेमन्त क्ष्ँेत्री र रिघा ९ बाग्लुङ्गकै शेरबहादुर काउछाको पनि उपचारकै क्रममा मृत्यु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग