Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मगर महाधिवेशन गुल्मेलीको साझा कार्यक्रम

Published on 6:34:00 PM //


जनार्दन घिमिरे
गुल्मीको सदरमुकाम तमघासमा सम्पन्न हुन लागेको नेपाल मगर संघको केन्द्रीय महाधिवेशन मगर समुदायको मात्र नभई यसलाई साझा कार्यक्रमको रुपमा लिनुपर्ने र सफल वनाउन सवै पक्ष लाग्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले प्रतिवद्धता जनाएका छन् ।
यही २४ देखि २७ गतेसम्म तमघासमा सम्पन्न हुने संघको केन्द्रीय महाधिवेशनका लागि पुर्व मेचीदेखि पश्चिम महाकाली र विभिन्न वाहिरी मुलकहरुवाट समेत प्रतिनिधित्व हुने हुनाले महाधिवेशनलाई अवसर र चिनारीको रुपमा लिएर सहयोग गर्ने जिल्ला स्थित राजनीतिक दल र विभिन्न संघसंस्थाहरुले वताएका छन् । कार्यक्रममा महाधिवेशनले अवसरहरु धेरै उत्पन्न गराएको र त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड् दिएका थिए । नेपाल मगर संघको आयो जनामा मङ्गलवार तमघासमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो जोड् दिएका हुन् । कार्यक्रममा राजनीतिक दल तथा विभिन्न संस्थाका प्रतिनिधीहरुले महाधिवेशनमा आउने अतिथिहरुको स्वागत स्वरुप सदरमुकाममा स्वागत व्यानर राख्ने वताएका छन् । यसले अतिथिहरुको विचमा जिल्लाको सहयोग तथा सद्भावको वातावरणलाई दर्शाउने दावी गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले महाधिवेशन सवैको साझा कार्यक्रम जस्तै भएकाले यसलाई भनाईमा मात्र सिमित नराखी व्यवहारमै सहयोग गर्नुपर्ने र गुल्मीको सकारात्मक सन्देश जानुपर्नेमा जोड् दिए । त्यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले महाधिवेशनलाई मध्यनजर गरी गुल्मीको रिडीदेखि सदरमुकामसम्म नै ट्राफिक तथा सुरक्षा व्यवस्थापन मिलाउने वताए । सहभागीहरुले महाधिवेशनमा आउने अतिथिहरुलाई रेसुङ्गासम्म पु¥याउन सक्ने व्यवस्था मिलाएमा यस्ले जिल्लाको पर्यटन विकासमा टेवा पु¥याउने आशा व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य एवं महाधिवेशन व्यवस्थापन समितिका संयोजक वालसिँह काउछा मगरले महाधिवेशनको तैयारीका विषयमा सहभागीहरुलाई जानकारी गराए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी अरुण देवकोटा, नेपाली काँग्रेसका जिल्ला सचिव छन्दवहादुर पहराई, नेकपा एमालेका जिल्ला उपाध्यक्ष मधुकृष्ण पन्त, राप्रपाका जिल्ला सचिव टोपवहादुर वस्नेत, नेकपा एकीकृतका केन्द्रीय सल्लाहकार भीमप्रकाश थापाको सहभागीता रहेको थियो । त्यस्तै कालीदत्त गुल्मका गुल्मपति सेनानी सन्तोषकुमार थापा, स्थानीय विकास अधिकारी  हिरालाल रेग्मी लगायत विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग