Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ज्ञानेन्द्रकी छोरीको १४ किलो बोसो झिकियो

Published on 2:49:00 AM //

अस्वभाविकरुपमा मोटाउँदै गएकी पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंहको शरिरवाट १४ किलो बोसो झिकिएको छ ।
यसअघि १२ किलो बासो झिकिसकेकी प्रेरणाले दोस्रोपटक सिंगापुरमा सल्यक्रिया गरेर फेरि १४ किलो बोसो झिकेको नयाँ पत्रिका दैनिकले छापेको छ । १ सय ५ किलो तौल रहेकी प्रेरणाको कम्मरभन्दा माथिल्लो भागबाट बोसो झिकेपछि अब उनी ९१ किलोमा झरेकी छन् । चार दिनअघि उनको अप्रेसन गरिएको स्रोतले बतायो ।
यसअघि उनले चार बर्षअघि पनि सिंगापुरमै अप्रेसन गरेर १२ किलो बोसो झिकेकी थिइन् । अस्वभाविकरुपमा बोसो बढ्दै गएपछि उनलाई हिडडुल गर्नसमेत समस्या पर्न थालेको थियो ।
अप्रेसन सफल भएपछि उनी डिस्चार्ज भएर आराम गरिरहेको भएपनि सिंगापुरमै रहेका उनका पति राजबहादुर सिंह भने भेटन गएका छैनन् । थाइल्याण्डमा रहेका उनका दाजु पारश साह पनि सिंगापुरमा रहेका आमा र बहिनीलाई भेटन गएका छैनन् ।
यसैवीच पूर्वरानी कोमल शाहको पनि कानको अप्रेसन गरिएको छ । उनको दाहिने कानको अप्रेसन गरिएको छ । उनले चार बर्षअघि बेलायत पुगेर कानमा मेसिन राखेकी थिइन् । अप्रेसनको ब्यबस्था मिलाउन पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना दश दिन अघि सिंगापुर पुगेका थिए । कोमल र प्रेरणासहित सवै पूर्व राजपरिवार सदस्य अझै तीन सातासम्म सिंगापुर रहने बताइएको छ ।
अन्लाईनखबर डट कमबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग