Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२९ वर्ष देखि निर्माणाधिन सडक योजना आयोगको प्राथमिकतामा, आशा पलायो

Published on 9:01:00 PM //


घनश्याम गौतम
सडक अभावमा सदरमुकामसंगको पहुँच नपुगेका पूर्वी क्षेत्रका दुर्गम गाविसहरु जोड्ने सडक निर्माणका लागि राष्ट्रिय योजना आयोगले उच्च प्राथमिकता दिएको छ ।
२९ वर्ष देखि स्थानीयकै पहलमा निरन्तर निर्माण भैरहेको सडकको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले निरिक्षण गरेपछि आयोगले सडकलाई उच्च प्राथमिकतामा राखेको हो । सभाषद सुदर्शन बलालको पहलमा उपाध्यक्ष क्षेत्रीले सडक सम्पन्न गर्नका लागि मुख्य समस्या भएको झण्डै १ किलोमिटर कडा चट्टान क्षेत्र उपाध्यक्षले निरिक्षण गरेका थिए । निरिक्षणपछि आयोगको बैठकले सडकहरुमा पहिलो प्राथमिकतामा राखे र प्रधानमन्त्रीको कार्यालयमा प्रतिवेदन पेश भएको सभाषद बलालले बताए । सडकसंगै उपाध्यक्ष क्षेत्रीले सवारी चापमा जिल्लाकै बढी व्यस्त मानिन रिडी रुद्रवेणी वामीटक्सार सडक र निर्माणाधिन विभिन्न पुलहरुको समेत अवलोकन गरेका थिए ।
जिल्लाकै दुर्गम मानिने हर्मिचौर, पूर्तिघाट, जयखानी अर्वेनी, खड्गकोट लगायत झण्डै एक दर्जन गाविसका सर्वसाधरणहरु सडक अभावमा सदरमुकाम तम्घास आउनकै लागि स्याङ्जा, पाल्पा पुग्नुपर्ने बाध्यतामा छन् । निर्माणाधिन रुद्रवेणी हर्मिचौर पूर्तिघाट सडक खण्डको हर्मिचौर र ठुलोलुम्पेकको झण्डै १ किलोमिटर लामो कडा चट्टान फुटाउन नसक्दा सडक पुरा हुन सकेको छैन् ।
सडकमा सरकार र विभिन्न गैरसरकारी संस्थाहरुले समेत गरी ३ करोड रुपैंया भन्दा बढी खर्च गरिसक्दा समेत कडा चट्टानकै कारण निर्माण पुरा हुन सकेको छैन् । स्थानीय गाउ“लेहरुले सडक खन्न लागेको २९ वर्ष पुगेको छ । सडकमा स्थानीय स्तरबाट ६३ लाख र दाताको १ करोड १४ लाख ५८ हजार र सरकारको १ करोड ४० लाख खर्च भैसकेको छ । ३ करोड १७ लाखमा ३१ किलोमिटर सडक खण्डको १७ किलोमिटरमा सामान्य ट्रयाक खोल्ने काम सकिएपनि कडा चट्टानकै कारण सडक निर्माण लागत बढ्दै गएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश न्यौपानेले बताए ।
‘योजना आयोगकै उपाध्यक्षले सडकको निरिक्षण गरेपछि उपभोक्ताहरुमा उत्साह बढेको छ’–उनले भने–‘सडक पुरा भए त्यस क्षेत्रका ३० हजार भन्दा बढी सर्वसाधरणलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।’ सडक अभावमा अन्य दुई जिल्ला हुँदै आउनु पर्ने बाध्यताले त्यस क्षेत्रका सर्वसाधरणले सामान्य कामका लागि पनि १ हजार रुपैंया भन्दा बढी रकम र तिन दिनको समय खर्चिनु पर्ने गुनासो छ । सडक निर्माण भए यस क्षेत्रमा उत्पादित कृषि सामाग्रीले बजार पाउने ठुलोलुम्पेक ९ पाहा“दीका बालकृष्ण विश्वकर्माले बताए । जिल्लाका पर्यटकीय र धार्मिक स्थल रेसुंगा, निर्माण शुरु भएर अलपत्र परेको रेसुंगा विमानल, प्राथमिकतामा परेका सडकहरुको स्तरोन्नती लगायतका योजनाहरुमा पनि आयोगको विशेष ध्यान पुग्ने आयोगका उपाध्यक्ष क्षेत्रीले पत्रकारहरुसंगको भेटमा बताए । उनले अहिले आयोगले नयाँ योजना थप्ने भन्दा पनि पुरानालाई कसरी सम्पन्न गर्न सकिन्छ र अवस्था कस्तो छ भन्ने जान्नकै लागि देशभर अनुगमन गरिएको जानकारी दिए ।
रुद्रवेणी हर्मिचौर पूर्तिघाट सडक खण्डसंगै जोडिएको कालीगण्डकी कोरिडोर निर्माण सम्पन्न भएमा भारत र चीन जोडने सबैभन्दा छोटो दुरीको सडक बन्ने भएकाले पनि आयोगले रुद्रवेणी हर्मिचौर सडक उच्चप्राथमिकतामा राखेको सभाषद बलालले जानकारी दिए । चट्टान फुटाउनका लागि सरकारको आवश्यक लगानीका साथै नेपाली सेनाको समेत सहयोग लिने गरी प्रकृया अगाडी बढेको बलालले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग