Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ज्ञानोदय उमाबिको स्वर्ण महोत्सब, राष्ट्रिय कलाकारहरुको धमाका प्रस्तुती

Published on 5:41:00 AM //


राजु गौतम/सन्जु काउछा
गुल्मी जिल्लाको तुराङ गाविस १ मजुवा बजार स्थित श्री ज्ञानोदय उच्च माबीको स्वर्ण महोत्सब मनाउने निर्णय भएको छ । आगामी माघ १ गते देखी ५ गते सम्म बिद्यालयको स्वर्ण महोत्सब मनाइने कार्यक्रम रहेको गत पौष १९ गते काठमाडौँ सुन्धारा स्थित होटेल प्रेसिडेन्टमा आयोजित एक कार्यक्रममा जानकारी गराइेको थियो । महोत्सब प्रचार प्रसार तथा आर्थिक सहयोग सन्कलनको लागि बिद्यालयका प्र.अ. श्री लक्ष्मी प्रसाद भण्डारी, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष चेतन बस्नेत र समिति कोषाध्यक्ष श्री बिष्णु प्रसाद गौतम सम्मिलित एक टोली काठमाडौँ आई त्यहा रहेका पूर्व बिद्यार्थी, बुद्धिजिबी तथा ब्यापारीहरूसंगको एउटा भेलामा उक्त कुराको जानकारी गराएको हो ।
कारी १०० सय जनाको उपस्थिती रहेको उक्त भेलाको अध्यक्षता श्री चेतन बस्नेतले गर्नु भएको थियो भने प्र.अ. लक्ष्मी प्रसाद भण्डारीले ५ दिने महोत्सब अवधिको समग्र ढाँचा, कार्यक्रमहरू, अहिले सम्मको तयारी आदी बारे जानकारी गराउनु भएको थियो । जस अनुसार उक्त ५ दिनमा बिद्यालयका अन्तरसदनात्मक खेलकुद प्रतियोगिताहरु, विभिन्न मनोरन्जनात्मक हस्यब्यङ्य तथा प्रहसनहरु, पुर्व बिध्यार्थीहरुको पुर्नमिलन कार्यक्रम, यसैगरी राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्वारा साँस्कृतिक प्रस्तुति लगायत अन्य बिबिध कार्यक्रमहरू आयोजना गरिने जानकारी दिईएको थियो । महोत्सबमा ज्ञानोदय उच्च माबीमा अध्ययन गरि नपाल सरकारको उपल्लो दर्जामा कार्यरत पुर्व बिद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत प्रअ भण्डारीले जानकरी गराउनु भएको थियो । साथै उहाँले यस अघी नै बुटवल, चितवन र अन्य स्थानमा पनि यस्तै भेला गरेर त्यहाँ रहेका पूर्व बिद्यार्थीहरूलाई निमन्त्रणा दिएको बताउनु भएको थियो !
भेलाले पूर्व बिद्यार्थी श्री बाबुराम गौतमको संयोकत्वमा काठमाडौँको लागि सम्पर्क समिति पनि गठन गरेको छ । बिभिन्न गा.बि.स.लाई समेट्ने गरि बनाईएको समितिको सदस्यहरुमा ऋष बहादुर बस्नेत (तुरांग), लिलामणि खरेल (आँपचौर), शंकर भण्डारी (रुपाकोट), यादब के.सी (जुनियाँ), राजु गौतम (जुभुंग), हरि भण्डारी, मोहन न्यौपाने, शिव भण्डारी, सरस्वती गौतम ज्ञवाली, मुकुन्द गौतम, राम बहादुर के.सी रहनु भएको छ । भेलामा सहभागीहरूले महोत्सबको लागि आ-आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगको अग्रिम घोषणा पनि गर्नुभएको थियो ।
यसैगरी उक्त भेलाले चर्चित हाँस्य कलाकार तथा ज्ञानोदयका पूर्व बिद्यार्थी श्री प्रसाद थापा (लाहुरे) र चर्चित लोक दोहोरी गायक गणेश रास्कोटीको संयोजकत्वमा मनोरन्जनात्मक तथा साँस्कृतिक समिति को गठन गरेको छ । १२ सदस्यीय कलाकार टोली रहने साँस्क्रितिक टोलिले महोत्सबको पाँचै दिन बेजोड साँस्कृतिक प्रस्तुती प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । टोलिमा थापा र रास्कोटिको अलावा चर्चित लोक-दोहोरी गायिका शर्मिला गुरुङ, गायक रामजी खांड, लोक गायिका बिनु गुरुङ, हाँस्यकलाकारहरु देबिराम पराजुली (भोक लाग्यो), शिवहरी बैरागी (सभासद), सुरेन्द्र केसी (मुलाको साग) लगायत अन्य थुप्रै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थिती रहनेछ ।
स्वर्ण महोत्सबकै अवसर पारेर बिद्यालयमा बृहद कला प्रदर्शनी पनि आयोजना गरिने भएको छ । देशका विभिन्न कलाकारहरुका चित्रहरुलाई प्रस्तुत गरिने उक्त प्रदर्शनीमा बिद्यालय स्तरलाई सुहाउने र पाठ्यक्रम अध्ययनलाई सहयोग पुग्ने विभिन्न शैलिका चित्रहरु समाबेश गराइनेछ । माघ ३ गते देखि ५ गते सम्म चल्ने प्रदर्शनीमा सोहि बिद्यालयका पूर्व बिद्यार्थी खडानन्द भण्डारी (बिष्णु भण्डारी) अलावा थुप्रै  कलाकारहरुका चित्रहरु प्रदर्शन हुनेछन । रु. ५०० देखि १०,००० सम्म मूल्य पर्ने चित्रहरु राखिने सो प्रदर्शनीमा तेल चित्र, पानी चित्र र पेन्सिल माध्यमबाट मुर्त, अमुर्त, अर्धमुर्त, लोक-चित्र, मिथिला चित्र, मुहार चित्र, दृश्य चित्र, चराचुरुंगी र जनावरका चित्र तथा छ्वाली र प्रिन्ट माध्यमका चित्र पनि समाबेश गराइने कला समितिका संयोजक खडानन्द भण्डारीले जानकारी गराउनुभयो ।

स्वर्ण महोत्सब तथा आर्थिक सहयोग सम्बन्धी थप जानकारीको लागि जो कोहिले काठमाडौँमा रहेको समितिलाइ सम्पर्क गर्न सकिने काठमाडौं संपर्क समितिका संयोजक बाबुराम गौतमलाई उहाँको मोबाइल नम्बर ९८४१७५८९७१ तथा राजु गौतमलाई ९८५१११३६३८ तथा इमेल raju.rachana@gmail.com मा सम्पर्क गर्न सकिने छ यसैगरी महोत्सब सम्बन्धी जानकारी तथा ताजा अप्डेट गुल्मीन्युज डट कम, यस्को फेसबुक पेज www.facebook.com/gulminewsज्ञानोदय उमाबिको फेसबुक पेजमा पनि पाउन सकिनेछ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग