Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेशमा लोकप्रिय बन्दै गुल्मीको अर्गानिक कफि

Published on 6:33:00 AM //


घनश्याम गौतम
अर्गानिक कफिले स्वदेशमा भन्दा विदेशमा राम्रो बजार पाउन थालेपछि किसानहरुमा उत्साह बढेको छ । जापान र कोरियामा लोकप्रिय बनेको यहाँको अर्गानिक कफिको अष्टे्लियाबाट समेत माग आउन थालेको छ । विदेशमा बढ्दो मागसंगै बजार अभावमा कफिका बोट काटेर फाल्ने किसानहरु पनि पछिल्ला वर्षहरुमा व्यवसायीक कफि खेतीमै लागेका छन् । १९९५ मा आँपचौरका एक व्यक्तिको घरबाट शुरु भएको कफि खेतीमा आशा, निरासा र पुनः आशामा परिणत हुँदै जिल्लाका ४५ गाविसमा विस्तार भएको छ ।
७२ वर्षअघि आँपचौरका हिरा गिरीले बर्माबाट ल्याएर  परिक्षणको रुपमा शुरु भएको कफि खेतीलाई अहिले जिल्लाका थुप्रै किसानहरुले व्यवसायीक उत्पादन गरेर राम्रो आम्दानी समेत गर्दै आएका छन् । रुरुकी मना भट्टराई अहिले जिल्लामै नमुना कफि कृषक बनेकी छन् । त्यस्तै कफि खेतीमा लागेर राम्रो आम्दानी गर्नेहरु जिल्लामा थुप्रै छन् । हंसराका लक्ष्मण भण्डारी, रिमुवाका भिमबहादुर रेगामी, दरबार देविस्थानका अमरबहादुर कुँवर, बलिथुमका घनश्याम गौतम, घमिरका यमबहादुर कार्कीले कफि खेतीबाट मात्रै वार्षिक ५० हजार भन्दा बढी आम्दानी गर्ने कृषकहरु हुन् ।
शुरुमा कफिले बजार नपाएको भन्दै अधिकांश किसानहरुले कफिका बोट काटेर पुनः अन्य खेती शुरु गरे । तर पछिल्ला वर्षहरुमा निरासामा परिणत हुँदै गएको कफिले विदेशमा राम्रो ख्याती कमाएपछि किसानहरु उत्साहित बन्न थालेका हुन । ३ हजार ५ सय भन्दा बढी किसानले उत्पादन गरेको कफिको बजारीकरणका लागि जिल्ला सहकारी संघले सघाउँदै आएको छ । २०५२ सालमा हल्याण्डमा निर्यात शुरु भएको यहा“को अर्गानिक कफि अहिले जापान र कोरियाका अधिकांश बजारमा लोकप्रिय बनेको सहकारीले जनाएको छ ।
जापानीहरु बारीमै आएर कफि खरिद गर्ने र अर्गानिक परिक्षण गर्ने गरेपछि हामी थप उत्साहित बनेका छौं’, बलिथुमका घनश्याम गौतमले भने, यो वर्षमैले मात्र ४० हजार भन्दा बढीको कफि विक्रि गरें ।’ उनीसँगै घमिरका यमबहादुर कार्कीले पनि विदेशीले सजिलै खरिद गर्न थालेपछि आफुलाई कफि खेतीमै उत्साह जागेको बताए ।
सहकारी संघका व्यवस्थापक युवराज आचार्यका अनुसार गत वर्ष जिल्लामा उत्पादन भएको ७६ मेटि्रक टन कफि मध्ये २८ बिदेशमा लोकप्रिय मेटि्क टन कोरिया निर्यात भएको थियो । यस वर्ष ८० मेटि्क टन उत्पादन हुने अनुमान गरिएको आचार्यले बताए । उनका अनुसार गत वर्षकफि विक्रिबाट किसानले आन्तरिक सहित १ करोड २० लाख भन्दा बढी रकम बुझेका थिए । संघले किसानलाई ग्रिनबिन, चेरी र पार्चमेन्ट गरी ग्रेड बिभाजन गरेर रकम भुक्तानी गर्ने गरेको छ ।
गुल्मीको कफि जापान र कोरियामा गुल्मी अर्गानिक कफि’ कै नामबाट परिचित छ । जिल्ला कृषि विकास कार्यालयका बरिष्ट कृषि विकास अधिकृत नरहरीप्रसाद घिमिरेका अनुसार जिल्लामा १ सय २५ हेक्टरमा अर्गानिक कफि खेती हुँदै आएको छ । विदेशमा माग बढ्दै जान थालेपछि अर्गानिक कफि खेतीको क्षेत्र हरेक वर्ष ५ हेक्टरका दरले बृद्धि गर्ने गरिएको घिमिरेले बताए । जिल्लामा बोक्रा निकालेको क ग्रेडको कफिको मुल्य प्रति के.जि. १ सय ८५ रुपैंया र सुकेको कफिको प्रति के.जी. ८५ रुपैंया मुल्य छ । अर्गानिक कफिसंगै यहाँ उत्पादित अदुवा, बेसार, खुर्सानी लगायतका मसलाजन्य बस्तुहरु समेत जापान निर्यात हुने गरेको सहकारीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग