Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

३३ वर्षसम्मको पिरतीपछि ९३ वर्षमा झ्याइँ

Published on 10:03:00 PM //


भनिन्छ प्रेमलाई उमेरले छेक्दैन । तन बुढो भएपनि मन बुढो हुँदैन, त्यसैले मन मिल्यो भने विवाह गर्न पनि उमेर बाधक बन्दैन । यो कुरा प्रमाणित गरिदिएकी छिन् बेलायतकी एक महिलाले ।
९३ वर्षकी वेरा लरेन्सले आफ्नो ३३ वर्षको प्रेमसम्बन्धलाई हालै विवाहबन्धनमा परिणत गरेकी छिन् । त्यो पनि आफुभन्दा ९ वर्ष कान्छो बुढो तन्नेरीसित । वेराले नयाँ वर्षको दिन ८४ वर्षका रोबर्ट व्हिटलसँग झ्याइँ पारेकी हुन् । अचम्मको कुरा यी दुइ बेहुलाबेहुलीको उमेर जोड्दा १ सय ७७ वर्ष हुन्छ ।
३३ वर्ष पहिला यी दुइबीच पहिलोपटक एक वृद्धहरुको क्लबमा भेट भएपछि माया अंकुराएको थियो । उनीहरु त्यसपछि तीन दशकभन्दा बढि समय एक अर्कालाई मन पराइरहे तर उमेर निकै घर्केकाले विवाह गर्ने कुरा सोँच्न सकेनन् । तर झण्डै डेढ महिना पहिले वेरालाई के जंग चलेछ कुन्नी रोबर्टसामु विवाहको प्रस्ताव गरिन् । बुढ्यौलीमा जिवनसाथी पाउने भएपछि रोबर्ट पनि मख्ख परे र विवाहको प्रस्ताव स्विकार गरे ।
यहीँ नयाँ वर्षको दिन दुइ जनाबीच स्थानीय चर्चमा विवाह भयो । विवाह समारोहमा दुबैका साथी तथा इष्टमित्रहरु सहभागि थिए । चर्चका पादरीले उनको विवाह गराइदिए र आशिर्वाद पनि दिए ।
वेरा र रोबर्टले जिन्दगीमा पहिलो पटक विवाह गरेका हुन् वा यसअघि पनि कसैसँग विवाह गरेर छुटि्टएका थिए भन्ने बारेमा भने केही खुलाइएको छैन । तर जे होस् डाँडापारीको घाम भनेजस्तो उमेरमा झ्याइँ पार्ने यो जोडीलाई सुखद दाम्पत्य जिवनको कामना गर्नैपर्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग