Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँघर क्लिनिकको भवन नयाँगाउँमा

Published on 1:12:00 AM //


विष्णु पौडेल
जनताको घर दैलोमा स्वास्थ्य सेवा पुर्याउने हेतुले नेपाल सरकारले सुरु गरेको हेल्थ हर्ट कार्यक्रम अन्तर्गतको गाउँ घर क्लिनीकको भवन गुल्मीको नयाँगाउँमा निर्माण गरिएको छ । स्वास्थ्य मन्त्रालयको ५० हजार आर्थिक सहयोग र स्थानीय वासीको ७० हजार वरावरको जनश्रमदान गरी कुल १ लाख २० हजारको लागतमा निर्मित भवनको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।
 यातायातको पहुँचवाट टाढा रहेको नयाँगाउँ गाविसको वडा नम्वर ८ र ९ का जनतालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नयागाउँ गाविस वडा नम्वर ९ हर्राचौरमा निर्माण गरिएको भवनको आज नयाँगाउँ उपस्वास्थ्य चौकीका प्रमुख अहेव भेष वहादुर विसीले उद्घाटन गर्नुभएको हो ।
स्वास्थ्य संस्था पुग्न हिडेर २ घण्टा लाग्ने सो स्थानमा गाउँ घर क्लिनीकको भवन वनेपछि स्थानीय वासी निकै हर्षित भएका छन् । गाउँ घर क्लिनीकमा गर्भवती जाँच, अस्थाई परिवार नियोजनका साधन पाइनुका साथै आमा तथा शिशु स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन हुने गाउँ घर क्लिनीकका अध्यक्ष रुद्रहरी पुनले जानकारी दिनुभयो ।
नयाँगाउँ उपस्वास्थ्य चौकीका प्रमुख अहेव भेष वहादुर विसीको प्रमुख आतित्थ्यता रहेको भवन उद्घाटन समारोहमा जैसीथोक गाविस सचिव दिल्लीराज आचार्य, गोपाल प्रसाद पोख्रेल, भेषराज फुल्देल, हुमाकान्त पोख्रेल, जैसीथोक उपस्वास्थ्य चौकीका अहेव निर्प वहादुर गुरुङ, लगायतले मन्तव्य व्यक्त गर्दै गाउँ घर क्लिनीकको स्थापनाले स्वास्थ्य सेवाको क्षेत्रमा इटा थपेको भन्दै प्रसंसा गरेका थिए ।
कार्यक्रममा पत्रकार अर्जुन भण्डारी, नयाँगाउँ उच्च माविका शिक्षक दुर्गा प्रसाद आचार्य लगायतको विशेष उपस्थिती रहेको थियो । जनता प्राविका प्रधानाध्यापक दिल्लीराज आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रम गाउँ घर क्लिनीक तथा भवन निर्माण समितीका अध्यक्ष रुद्रहरि पुनको अध्यक्ष र वालकुष्ण फुल्देलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग