Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका द्वन्द्वपीडितलाई राहत रकम

Published on 1:13:00 AM //


 जिल्ला प्रशासन कार्यालय गुल्मीले द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट पीडित भएकाहरूलाई राहत उपलब्ध गराएको छ ।
गत आर्थिक वर्ष प्रतिव्यक्ति एक लाखका दरले दुवै पक्षबाट मृत्यु भएका १०३ जनाका परिवार बेपत्ता नौ जना र विस्थापित सात जनालाई एक करोड १९ लाख वितरण गरिएको थियो ।
यही मङ्सिर १ गतेबाट अघिल्लो पटक प्रतिव्यक्ति एक लाख पाएका पीडितमध्ये ५५ जनालाई थप दुई लाखका दरले एक करोड १० लाख वितरण गरिसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीका लेखाअधिकृत परशुराम पन्थीले जानकारी दिनुभयो । राहत रकम वास्तविक पीडितसम्म नपुगी जसको केन्द्रसम्म पहुँच छ उसैले मात्र पाएको केही पीडितहरूको गुनासो छ । वास्तविक पीडितहरूले पटक पटक जिल्ला प्रशासन धाउँदा र सिफारिस दिँदा पनि रकम नपाएको अर्खले-६ निवासी द्वन्द्वपीडित
सावित्रा रानाले भन्नुभयो ।
शान्ति समितिमा आएका निवेदनहरू समयमा नै छानबिन गरी शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा पठाएको बताउँदै कसैले गलत तरिकाले सो राहत रकम लगेको प्रमाणित भएमा त्यस्तो व्यक्तिलाई छानबिन गरिने जिल्लाको शान्ति समितिका पूर्वसंयोजक जीवन रानाले भन्नुभयो ।
 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग