Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अमरपुरमा वडा नागरिक मञ्च

Published on 9:51:00 PM //


विष्णु पौडेल
जिल्ला विकास समिती गुल्मीको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत अमरपुर गाविसको वडा नम्वर ९ मा वडा नागरिक मञ्च गठन गरिएको छ । निर्वतमान गाविस अध्यक्ष रमेशलाल जिसीको अध्यक्षमा आज भएको एक भेलाले हिरा जीसीको संयोजकत्वमा १९ सदस्यीय वडा नागरिक मञ्च गठन गरेको हो ।
 समितीको उप संयोजकमा कृष्ण पराजुली, सदस्यहरुमा हिरा केसी, कमला गिरी, टिका गिरी,खिमा गिरी, रेशम अर्याल, तुल वहादुर खत्री लगायत रहनुभएको छ । नवगठित वडा नागरिक मञ्चले विपन्न समुदायको आयआर्जनमा टेवा पु¥याउने, स्थानीय स्तरमा विकास निर्माण तथा अधिकारको वारेमा जानकारी गराउने संयोजक हिरा जिसीले जानकारी दिनुभयो । वडा नम्वर ९ का स्थानीयवासीको उपस्थिती रहेको भेलाको सञ्चालन सामाजिक परिचालक होमेन्द्र अर्यालले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग