Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी प्रहरीद्वारा राजश्वमा दोब्बर वृद्धि

Published on 3:14:00 AM //

पिएम मगर,
गुल्मीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक राजकुमार वैदावारले गत वर्षको तुलनामा शान्ति सुरक्षामा सुधार आउनुका साथै सवारी कारवाहीमा दोव्वर राजश्व संकलन भएको वताएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले सोमबार आयोजना गरेको कार्ययोजनाको प्रगति विवरणको अन्तरकृया र समीक्षा कार्यक्रममा ७ बुँदे कार्ययोजना प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक वैदवारले यस्तो वताएका हुन ।
उनको कार्ययोजना अनुसार आर्थिक वर्ष २०६७, ६८ मा गुल्मी प्रहरीले कूल १४ सय सवारी साधनमा कार्वाही गर्दा १ लाख ४५ हजार ८ सय ५० रुपैयाँ राजश्व संकलन गरेको थियो भने गत साउन देखि मंसिरसम्म ६ महिनामै गत वर्षको भन्दा दोब्बर १४ सय ९८ सवारी साधनको कार्वाहीमा २ लाख ३५ हजार ४ सय ५० रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तै गत वर्षको तुलनामा मुद्दा पनि कम दर्ता भएका छन् । गत साउनदेखि यता झैझगडा सम्बन्धी २९ कुटपिट सम्बन्धी ४७ पारिवारिक अपहेलना ३ क्षतिपूर्ति भराई पाउँ सम्बन्धमा १३ धाकधम्कीमा हराएको खोजतलास सम्बन्धमा ६८ वटा मुद्दा दर्ता भएका छन् ।
प्रहरी प्रमुखले दिएको जानकारी अनुसार लैङ्गिक हिंसामा ४ छुवाछुत सम्बन्धमा १ शान्ति सुरक्षा सम्बन्धी ३५ सहित कूल २ सय २२ वटा मुद्दा दर्ता भएका छन् । तर गुल्मीमा आत्महत्या गर्नेहरुको संख्या भने ह्वात्तै बढेको छ । गत वर्ष जम्मा ३१ वटा आत्महत्याका घटना घटेकोमा गत ६ महिनामा मात्रै १७ जनाले आत्महत्या गरेको प्रहरी प्रमुख वैदावारले बताए । आत्महत्याको घटनालाई निरुत्साहित गर्न स्थानीय तहमै जनचेतनाको खाँचो रहेको प्रहरीले बताएका छन् । अवैध यौन सम्बन्ध र गरिबी आत्महत्याको मूल कारण भएको वैदावारको तर्क छ । यस्तै प्रहरीले सदरमुकाम तम्घास लगायतका स्थानमा मोटरसाइकलको द्रुतगति नियन्त्रणमा तीव्रता दिएको छ भने तम्घास बजार र रिडीदेखी तम्घाससम्मका विभिन्न स्थानमा अव्यवस्थित मा पार्किङ्ग; निर्माण सामाग्री हटाउने बस र जिपको छतमा यात्रु राख्ने कार्य नियन्त्रणमा सकि्रयता देखाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग