Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनता प्रहरी सहकार्य अभियान गुल्मीमा प्रभाबकारी

Published on 3:36:00 PM //


गगनशिला खड्का
बढ्दो अपराध, लैिङ्गक हिंसा र आत्महत्या नियन्त्रण गर्न पहिलो चरणको तिन महिने कार्ययोजना सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले कार्य प्रगती प्रतिबेदन सार्वजनिक गरेको छ । सोमबार सदरमुकाम तम्घासमा जिल्ला स्थीत सरोकारवाला, राजनितिक दल र पत्रकारहरु समक्ष प्रस्तुत गरिएको प्रगती प्रतिबेदनमा साउनदेखी यता मंसिर सम्म गरिएका कामका विवरणहरु रहेका छन । ५ महिने प्रगती प्रतिबेदन प्रस्तुत गर्दे जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले प्रहरी र जनताविचको सहकार्य मजबुत हुदै गएको बताए । उनले भने “यो पाँच महिने अबधिमा हाम्रो र जनताको समन्ध अत्यन्तै नजिक र प्रघाड बनेका छ ।”
बैदवारले प्रहरी प्रशासनले चलाएको कार्यक्रम र आगामी दिनमा गर्ने योजना पनि अन्तर्कृयामा सार्वजनिक गरेका छन । उनले जिल्ला प्रहरी कार्यलय गुल्मीले अहिले सम्म मोटरसाईलको द्रुतगति नियन्त्रण, तम्घास बजार र राजमार्ग एरिया रिडी देखी तम्घासमा पार्किङ् निर्माण सामाग्री हटाउने,बस र जिपको छतमा यात्रु राख्ने,चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउने, राजमार्गमा हुने लुटपाट, चोरी र डकैती, बिगतमा भएको भारतिय÷ब्रिटिस पेन्सन क्याम्पको विकृती, युवाको लभ पोईन्टको निगरानी, गुण्डागर्दी, घरेलु हिंसा, बजारमा साईकल गस्ती, घटना पिडीत र मिलापत्र पश्चातको पुर्नःजाँचबुझ, मोटरसाईकल चोरी, आत्महत्या नियन्त्रण गर्ने जस्ता कामहरु गरिसकेको जानकारी गराए । साथै उनले प्रहरीले कार्यक्रम स्थलको सुरक्षा, मादक पदार्थ विक्री वितरण र सेवनमा रोक,सामुदायिक प्रहरी मार्फत सचेतना, संचार माध्यमसँग सहकार्य, जिल्ला प्रहरी साझेदारी ( District Policing Partnership-DPP) लगाएतका कार्यक्रमहरु पनि गरिरहेको बताए ।
प्रहरी नाबय उपरीक्षक बैदवारले प्रहरीले अहिले गाविस, स्थानिय बजार र आवश्यकतानुसार वडा र टोलमा सुधार समिति गठन गर्ने काम गरिरहेको बताउँदै आगामी दिनमा क्याम्पसका, विद्यार्थीको लागी युवा शिक्षा कार्यक्रम Youth Education Service (YES), प्रहरी–स्कुल सम्पर्क Police- School Liaision Program ( PSLP), सडक दुर्घटना न्यूनिकरण, Road Accident Prevention (RAP), अवैद्य मोटरसाईल नियन्त्रण कार्यक्रम Illegal Motorbike Controlling program (IMCP) लागु गर्ने योजना रहेको समेत अन्तर्कृयामा जानकारी गराए । ’शान्ति सुरक्षाका लागि प्रहरी र नागरिक सहकार्य’ नारा सहित सार्वजनिक गरिएको कार्ययोजनामा प्रहरीले पहिलो चरणमा अपराधीहरुलाई संगठित हुन नदिने, निगरानी बढाउने, लैिङ्गक हिंसा नियन्त्रण, आत्महत्या न्यूनिकरण, अबैध जाडरक्सी उत्पादन र बिक्री वितरणमा नियन्त्रण, लागु औषध र्दुब्यसन न्यूनिकरण लगायतका कार्यक्रमहरु योजनाको प्राथमिकतामा राखेको थियो । प्रगती प्रतिबेदन संगै प्रहरीले पछिल्ला पाँच महिनाको अपराध, आत्महत्या, घरेलु हिंसा लगायत अन्य घटना दुर्घटनाहरुको विवरण समेत सार्वजनिक गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार अपराध, घरेलु हिंसा र दुर्घटना प्रत्येक महिनामा अघिल्ला महिनाको तुलनामा घट्दो देखिएको छ । त्यस्तै अन्य जिल्लाको तुलनामा अगाडी देखिएको आत्महत्याको दर भने पछिल्ला पाँच महिनामा पनि उत्तिकै बढ्दो छ । यो पाँच महिनाको अवधिमा जिल्लाभर झुण्डीएर र विष सेबन गरेर १७ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै बहुविवाह, कुटपिट, चोरी, घरेलु हिंसा लगायतका घटनामा पनि पछिल्लो पाँच महिनामा बृद्धि भएको छ ।प्रहरीले प्रस्तुत गरेको ५ महिने तथ्याङ्गमा अपराधीक क्रियाकलाप तथा अन्य घटनामा ६२ वटा मुद्धा दर्ता भएका छन भने २ सय २२ ठाडो उजुरी परेका छन । प्र्रहरीले सबै खाले अपराध, बिकृति र हिंसा रोक्न नागरिक सचेत हुनुपर्ने र प्रहरीसंग सहकार्य गर्नुपर्नेमा जोड दिंदै समाजमा हुने अपराधिक कृयाकलापहरुको पहिचान, प्रभावकारी अनुसन्धान, शान्ति सुरक्षा कायम गर्न सल्लाह र सुझाव दिएर सहयोग गर्न समेत आग्रह गरेको छ। कार्यव्रmममा उपस्थित राजनीतिक दल, नागरिक समाज, समाजसेवी, व्यवसायी, विद्यार्थी, संचारकर्मी लगायतले भने प्रहरीको कार्य प्रगती प्रतिबेदनमाथी प्रंशसा गर्दै आगामी योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि आग्रह गरेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग