Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निषेधित क्षेत्रमा रक्सी बेच्नेलाई कल्बले गर्‍यो कारवाही

Published on 7:34:00 PM //


विष्णु पौडेल
तुफान परिकल्पना युवा क्लवले मदिरा निषधित घोषण गरेको मुसीकोट देउराली क्षेत्रमा मदिरा विक्रि गरिरहेको अवस्थामा २ जना पक्राउ परेका छन् । गुल्मीको मुसीकोटमा क्रियाशिल उक्त क्लवले गाउँलाई सभ्य र शान्त वनाउन भन्दै केहीदिन अघि दिउसोमा मदिरा विक्रि वितरण नगर्न आग्रह गरेको थियो । क्लवको आग्रहलाई नकार्दै मदिरा विक्रि वितरण गर्ने मुसीकोटको देउरालीका होटल सञ्चालक केशव खनाल र यमुना घिमिरेलाई रङ्गेहात पक्राउ गरेको छ । उनीहरुले स्थानीय २ जना वालक विवेक सिंह र विक्रम विकलाई मदिरा विक्रि गरीरहेका अवस्थामा रङ्ेहात पक्राउ गरी कारवाही गरेका हुन् । सञ्चालक द्धय खनाल र घिमिरेलाई सुझाव सहित २ सय जरीवाना गरिएको क्लवका महासचिव कृष्ण भट्टाराईले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग