Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मिडियामा हुने प्रचारबाजी प्रती चासो

Published on 7:36:00 PM //


गगनशिला खड्का
गुल्मी जिल्लामा सञ्चालित सञ्चार माध्यमबाट प्रसार हुने विज्ञापन तथा समाचारमा प्रयोग हुने भाषाको सन्दर्भमा स्थानीय समन्य समिति गुल्मीले चासो देखाएको छ । गुल्मी जिल्लामा सञ्चालित रेडियो र केबलबाट प्रसारण हुने विज्ञापन र समाचारमा अनाबश्यक प्रचारबाजी गर्ने शब्दको प्रयोग भईराखेको भन्ने जनगुनासो आएपछि समितिले यस्तो चासो देखाएको हो ।
स्थानीय समन्य समितिको आज सदरमुकाम तम्घासमा सम्पन्न बैठकले विज्ञापन र समाचारमा प्रयोग भईरहेको भाषाको विषयमा बुझ्नको लागी यहि २६ गते जिल्लाका सरोकारवालाहरु र समन्धीत निकायविच अन्र्तक्रिया गर्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा समितिका संयोजक हरी प्रसाद गैरे,जिल्ला बिकास समिति गुल्मीका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतम, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम,मानब अधिकार सचेतन संस्थाका अध्यक्ष तथा समिति सदस्य हरी प्रसाद पोख्रेल र सञ्चारिका समुहका अञ्चल सदस्य तथा समिति सदस्य गगनशिला खड्काको उपस्थीती रहेको थियो ।
सरकारले सुचना तथा सञ्चार मन्त्रालय वा अन्र्तगतका निकायहरुबाट सम्पादन गरिने कार्यहरुको प्रभाबकारीता अभिबृद्धी र अनुगमनका लागी २०६७ मा नेपालका ७५ वटै जिल्लामा स्थानीय समन्य समितिको गठन गरिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग