Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नक्कली लडाकु बनेर ट्रक तोडफोड गर्ने पक्राउ

Published on 7:32:00 PM //


घनश्याम गौतम
नक्कली माओवादी पूर्व लडाकु बनेर ट्रक तोडफोड गर्न खोज्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय रिडीले विहिवार पक्राउ गरेको छ ।
रिडीबाट तम्घास आँउदै गरेको ना ३ ख ३२ नम्बरको ट्रक रिडी माथिको उकालोमा रोकेर तोडफोड गर्न खोज्ने ग्वादी २ का फणिन्द्र मल्ललाई प्रहरीले चक्कु सहित पक्राउ गरेको हो । पक्राउपछि थप अनुसन्धान भै रहेको र प्रारम्भिक अनुसन्धानमा मल्ल पुर्व माओवादी लडाकु नभएको देखिएको प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले बताए । बर्हिगमनमा परेका माओवादी लडाकुहरुले बन्दले विहिवार जिल्लामा सामान्य प्रभाव परेको छ । लामो दुरीका कुनै सवारी साधन नचलेपनि सदरमुकाम तम्घासमा फाट्फुट्ट सवारी साधन चलेका थिए । सदरमुकाम तम्घास सहित ग्रामिण बजारहरु भने पूर्ण बन्द भएका थिए । दिउसो देखि भने बजार र यातायात सामान्य संचालन भएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग