Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संचारमाध्यमहरुलाई बढी प्रचारबाजी नगर्न आग्रह

Published on 12:56:00 AM //


टोपलाल अर्याल
स्थानीय सञ्चार समन्वय समिती गुल्मीले जिल्लाका विभिन्न सञ्चार माध्यममा प्रशारण हुने विज्ञापनको भाषाको वारेमा सरोकारवालासँग छलफल गरेको छ । नेपाल पत्रकार महासंघ गुल्मीको समन्वयमा सदरमुकाम तम्घासमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले आफ्नो व्यापार व्यवसायको प्रचारप्रसार गर्ने वहानामा स्थानीय सञ्चारमाध्याममा वढि प्रचारवाजि हुने गरेको वताएका थिए । सञ्चार माध्यममा प्रशारण हुने विज्ञापनहरुले ग्रामिण क्षेत्रका जनतालाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले त्यस्ता विज्ञापन निर्माण गर्दा भाषामा मुख्य ध्यान पुर्‍याउनु पर्नेमा उनीहरुको जोड थियो । सहभागिहरुले विशेष गरी स्वास्थ्य क्षेत्रका विज्ञापन अन्यको तुलनामा वढि प्रचारवाजी हुने भन्दै वास्तविकता वुझी प्रशारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका थिए ।
कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले सञ्चार क्षेत्र राज्यको चौथो अङ्ग भएकाले व्यवहार पनि सोही अनुरुपको हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले विज्ञापन प्रचारवाजि भन्दा पनि व्यवसायलाई फाईदा र सर्वसाधरणलाई सही सुचना पुग्ने खालको हुनुपर्ने वताउनुयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग