Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

Published on 3:38:00 PM //


घनश्याम गौतम
जुभुङ्गबाट बालुवा लिन तुराङ गाविसको मजुवा तर्फ जाँदै गरेको ट्याक्टर जुभुङ्ग, ९ दुम्कीमा सोमबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय बासिन्दा रुमबहादुर रासकोटीका अनुसार लु १ त ३१०३ नम्बरको ट्याक्टर दुर्घटनामा जुभुङ्ग, २ का अन्दाजी ५५ वर्षिय फर्सबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य ५ घाइते भएका छन् ।
घाइते मध्ये जुभुङ्ग, ९ का अर्जुन रजाली, चालक रुपन्देहीको मणिग्राम निवासी गोविन्द चौधरी र नाम थर नखुलेका सहचालकको अवस्था गम्भिर छ । घाइते पाँचै जनालाई थप उपचारका लागि पाल्पा पठाईएको रजालीले बताए । घटनामा जुभुङ्ग ९ का सुनिल क्षेत्री र सुजन पौडेल घाइते छन् । घाइते मध्ये रजाली, क्षेत्री र पौडेल स्कुले विद्यार्थी हुन । पानी परेर चिप्लो भएको सड्कमा ट्याक्टर तिब्र गतिमा चलाईएकाले दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग