Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ऐतिहासिक मुसीकोट दरबार सफा गर्दै क्लब

Published on 1:05:00 AM //


विष्णु पौडेल,
गाविसलाई सफा सुग्घर राख्ने अभियानमा जुटेको गुल्मीको मुसीकोट गाविसमा क्रियाशिल तुफान परिकल्पना युवा क्लवले ऐतिहासिक महत्वको मुसीकोट दरवार परिसरको सरसफाईँ गरेको छ । क्लवले दरवार वरिपरी रहेका पात पतिङ्गर सफा गरेको छ । चौविसे राज्य अन्तर्गत पर्ने मुसीकोट दरवार प्रचारप्रचारको अभावमा ओझेलमा परेको छ । क्रमश जीर्ण वन्दै गएको मुसीकोट दरवारमा वर्षको २ पटक सवैको नजर पर्ने गरेपनि संरक्षण तर्फ कसैको ध्यान नगएकाले सरसफाई गरिएको क्लवका महासचिव कृष्ण भट्टराईले जानकारी दिनुभएको छ । सरसफाई कार्यक्रममा क्लवका अध्यक्ष महेन्द्र घिमिरे, मुसीकोट उपस्वास्थ्य चौकीका अहेव ढुण्डीराज पन्थी लगायतका पदाधिकारीको उपस्थिती रहेको थियो । क्लवले गाउँलाई सफा वनाउन भन्दै यहि पुस १९ गतेवाट शुरु गरेको अभियान अन्तर्गत विभिन्न स्थानमा सरसफाई गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग