Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी मेला व्यवस्थापनका लागी सुरक्षा प्रमुख विच छलफल

Published on 2:27:00 AM //


विष्णु पौडेल
माघे सक्रान्तिको अवसरमा गुल्मी र पाल्पाको संगमस्थल रिडिमा हुने मेला व्यवस्थापनका लागी गुल्मी जिल्ला प्रशासन प्रमुख र पाल्पा जिल्लाका प्रशसन प्रमुख विच छलफल भएको छ । रुरु गाविसमा पर्ने रिडिमा भएको छलफलका क्रममा मेलामा हुने सक्ने घटनालाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।
छलफल कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार त्यसैगरी पाल्पाका प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरे, सुरक्षा प्रमुख लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा मेलाको व्यवस्थापनका लागी दुवै पक्षवाट सुरक्षा व्यवस्था कडा पार्ने विषयमा पनि छलफल भएको थियो ।
रिडिमा माघेसक्रान्तिको अवसरमा विशेष मेला लाग्ने गर्दछ । मेलामा गुल्मी पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतका जिल्लाहरुवाट हजारौँ भक्तजनको घुइँचो लाग्छ । कालीगण्डकी नदीमा स्नान गरेमा पाप नष्ट हुने धार्मिक विश्वास रही आएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग