Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वीकृती नलिएको भन्दै तम्घासका म्यानपावरमा तालाबन्दी

Published on 2:29:00 AM //


घनश्याम गौतम
शाखा संचालनको स्वीकृती नै नलिई सदरमुकाम तम्घासको मेनपावर कम्पनी ग्लोबल इन्टरनेशनल रिक्यूपमेन्टलाई स्थानीय प्रशासनले विहिवार देखि बन्द गरि दिएको छ ।
अनुसन्धानका क्रममा रोजगार प्रवर्धन विभागमा दर्ता भएपनि जिल्लामा कुनै कानूनी प्रकृया पुरा नगरी संचालन भैरहेको फेला परेपछि तम्घासको क्याम्पस रोडमा संचालन भैरहेको मेनपावरमा सिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । ‘विभागमा दर्ता भएपनि शाखा स्वीकृतीका लागि कतै प्रकृया पुरा गरेको देखिएन’, अर्यालले भने, ‘आवश्यक प्रकृया पुरा गरेपछि पुनः संचालन गर्न दिने गरी बन्द गरिएको हो ।’ ठगी नै गरेको कसैको उजुरी नपरेकाले व्यक्ति भने पक्राउ नगरिएको उनले बताए ।
स्थानीय संचारमाध्यमहरुमा हस्तिचौरका लुमबहादुर वि.क. र मुसिकोटका रामचन्द्र सुनाले तम्घासको क्याम्पस रोडमा बास्तविक नाम गोप्य राख्दै राहुल वि.सी र समिप सुनारका नामबाट विज्ञापन प्रशारण गर्दै आएका थिए । संचारमाध्यमहरुमा बज्ने विज्ञापनका बारेमा स्थानीय संचार समन्वय समिति र पत्रकार महासंघले समेत भाषा सच्याउन र आधिकारीकता पहिचान गर्न आग्रह गर्दै सरोकारवालाहरुसंग आग्रह गरेको थियो ।
छलफलका क्रममा समेत मेनपावर कम्पनीको बारेमा प्रश्न उठेपछि प्रशासनले अनुसन्धान शुरु गरेको थियो । सरोकारवालाहरुले स्थानीय रेडियोका विज्ञापनहरुमा बज्ने भाषा र आधिकारिताका बारेमा समेत अनुगमन गर्न समिति र प्रशासनलसंग आग्रह गरेका छन् । स्थानीय रेडियोमा यस्ता व्यवसायिक विज्ञापन प्रसारण गर्नुपूर्व व्यक्तिको वास्तविक नाम र प्रशासनबाट त्यसको पुष्टाई गर्न समेत जिल्ला स्थित सञ्चार समन्वय समितिका संयोजक एवं हुलाक कार्यालयका प्रमुख हरीप्रसाद गैरेले आग्रह गरे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग