Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो रेसुङ्गाको पाँचौ साधारण सभा सम्पन्न

Published on 10:55:00 PM //


पि.एम.मगर
गुल्मी जिल्लाकै पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा प्रा. लि. तमघास गुल्मीको पाँचौ साधारण सभा आज सम्पन्न भएको छ । गाउँदेखि शहरसम्म, पहाडदेखि तराईसम्म, शान्ति र समानताको प्रतिक भन्ने मुल नाराका साथ २०६४ साल फाल्गुन ७ गते प्रजातन्त्र दिवसको दिन स्थापना भई आफ्नो नियमित प्रशारण कार्य शुरु गरेको रेडियोले आज आफ्नो पाँचौ साधारण सभा सम्पन्न गरेको हो । सदरमुकाम तमघासमा आयोजित साधारण सभाको उद्घाटन गर्दै रेडियो सञ्चालक समितिका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले रेडियोको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रेडियो सञ्चालक समितिका पदाधिकारी, शेयरधनी सदस्यहरु लगायत रेडियोका सम्पुर्ण कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक जनार्दन घिमिरेले गर्नुभएको थियो । साधारण सभाको उद्घाटन लगत्तै वसेको वन्द सत्रले सञ्चालक समितिको नयाँ नेतृत्व सदस्यहरुको समेत चयन गरको छ ।
कार्यक्रममा सहभागीहरुले रेडियोले छोटो अवधीमै जिल्लामा मात्र नभई अधिराज्यमै संचारको क्षेत्रमा राम्रा प्रभाव पार्न सकेको भन्दै रेडियोको प्रशंसा समेत गरेका थिए । रेडियोले प्रशारण गर्ने हरेक कार्यक्रमहरु सवै वर्ग, क्षेत्र र समुदायलाई लक्षित गरी तयार गर्ने गरेको छ। गुल्मी जिल्लाको अत्यन्तै रमणीय, धार्मिक, ऐतिहाँसिक, प्राकृतिक एवं पर्यटकीय स्थल रेसुङ्गाको काखमा अवस्थित तमघास वसपार्कमा स्टुडियो रहेको रेडियोले समुद्री सतहदेखि दुई हजार मिटर उचाईमा तमघासकै अर्जुनडाँडामा रहेको ४० मिटर अग्लो टावरवाट आफ्नो प्रशारणलाई निरन्तरता दिदै आएको छ ।
रेडियो रेसुङ्गा देशका विभिन्न जिल्ला र भारतका विभिन्न क्षेत्रहरुमा पनि सुन्न सकिन्छ भने इन्टरनेटमा www.radioresunga.com.np, www.livefms.net लगायतका ईन्टरनेट पोर्टल मार्फत संसार भर सुन्न सकिन्छ। यस्तै हरेक वर्ष फाल्ग’न ७ गते मनाउँने आफ्नो वार्षिकोत्सवको अवसर मा सृष्ठा सम्मान गर्ने गर्दछ। रेडियो रेसुङ्गाले छोटो अवधिमै आफुलाई सञ्चारको क्षेत्रमा विशिष्ठ पहिचान दिलाउनुका साथै हरेक नागरिकको ढुकढुकी वन्न सफल भएको छ । स्थापना कालदेखि नै विभिन्न समाचारमुलक, शिक्षामुलक तथा मनोरञ्जनात्मक लगायतका विभिन्न कार्यक्रमहरु प्रस्तुत गर्दै आईरहेको छ । केही वर्षअघि इक्वेल एक्सेसले गरेको सर्वेक्षण अनुसार रेडियो रेसुङ्गा अधिराज्यमै कार्यक्रममा पाँचौ र समाचार क्षेत्रमा छैठौँ स्थानमा आएको थियो ।
रेडियो रेसुङ्गाको पाँचौ साधारण सभाले सञ्चालक समितिका सदस्यहरुको निर्विरोध चयन गरेको छ । सञ्चालक सदस्यहरुमा श्रीप्रसाद भलामी, दुर्गाप्रसाद पाण्डे, ताराप्रसाद भुसाल, हरि कुमार श्रेष्ठ, डिल्लीराज भुसाल, जनार्दन घिमिरे र कृष्णप्रसाद पोखरेल रहनुभएको छ । साथै सञ्चालक समिति सदस्यहरुको आजै वसेको पाँचौ साधारण सभापछिको पहिलो वैठकले समितिको अध्यक्षका लागि अर्को वैठकले चयन गर्ने निर्णय गरेको छ । त्यस्तै वैठकले रेडियो सञ्चालक समितिका निवर्तमान पदाधिकारी एवं शेयर सदस्यहरुलाई रेडियोलाई यहासम्म ल्याउन अतुलनीय सहयोग गरेको भन्दै धन्यवाद प्रस्ताव समेत पारित गरेको रेडियोका कार्यकारी निर्देशक जनार्दन घिमिरेले वताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग