Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस बर्षको महेन्द्र ताराको ताज जयन्तिलाई

Published on 7:29:00 PM //


घनश्याम गौतम
गुल्मी– ‘बाचा त गरें अब रुन्न भनेर
उसको यादमा पागल अब हुन्न भनेर
......... चर्कियो छाती चर्चरी,
बर्षियो आँशु बर्बरी’ गुल्मेली चेली जानकी पन्तको शब्द संगित र दुर्गा खरेलको स्वरको यो गित स्कुले छात्रा जयन्ती कुँवरले गाउँदा दर्शक दिर्घाका धेरै लठ्ठिए । दर्शक मात्र होइन, तिन जना निर्णायकहरुको मन पनि जित्दै सोमबार उनी महेन्द्र तारा बनिन् । तम्घासको महेन्द्र उच्च माविले तिन वर्ष देखि गर्दै आएको महेन्द्र ताराको यस वर्षको ताज पहिरिदै जयन्तीले स्कुलको तिन हजार नगद, मेडल र प्रमाणपत्रसंगै थुप्रै पुरस्कार समेत हात पारिन । विद्यालयमा हरेक शुक्रवार आयोजना गरिने अतिरिक्त क्रियाकलापमा महेन्द्र उच्च माविले विद्यार्थीहरुको सिर्जनशिलताका लागि विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।
भदौ देखि शुरु भएको महेन्द्र ताराका लागि सहभागी ६४ जनालाई पछाडी पार्दै कक्षा १० की जयन्तीले महेन्द्र ताराको ताज पहिरिन् । ताजसंगै उनले तम्घासकै सामुदायीक रेडियो स्काईको युवा र विद्यार्थी माझ निकै चर्चित बनेको कार्यक्रम ‘फ्युचर स्टारमा समेत सिधै प्रवेश पाएकी छन् । कार्यक्रममा रेडियोले फस्ट रनरअप र सेकेण्ड रनरअपलाई समेत प्रवेश दिने घोषणा गरेको छ ।
कार्यक्रममा चर्चित १९७४ ए डी ब्याण्डको ‘जसो गर जे गर जतासुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो’ गित गाएर कक्षा १२ का सोनु वि.क. फस्ट रनरअप भए भने पाप गायक मिङ्मा शेर्पाको फिल एल्बमको ‘छमछम छम छम तिमिले पाईजु बजाउँदा’ बोलको गित गाएर कक्षा ११ का शंकर बराल सेकेण्ड रनरअप बने । कार्यक्रममा फस्ट रनरअप वि.क.ले विद्यालयको तर्फबाट २ हजार रुपैंया नगद, मेडल र प्रमाणपत्र एवं सेकेण्ड रनरअप बरालले विद्यालयको तर्फबाट १ हजार रुपैंया नगद, मेडल र प्रमाणपत्र पाए । त्यस्तै कार्यक्रममा पुरस्कार घोषणा गर्नेको ओइरो नै लागेको थियो ।
सोमबार नै भएको अर्को प्रतिस्पर्धामा गायक पुस्कल शर्माको ‘मलाई माफ गर प्रिय’ भन्ने गित गाएर कक्षा ४ का ११ वर्षे प्रविण सुनार ‘लिटिल च्याम्प’ बने । कक्षा २ की ९ वर्षे छात्रा दिया श्रेष्ठ ‘पल पल तिम्रै सम्झना, आँखामा तिमि नै, मुटुमा तिमि नै’ बोलको गित गाएर फस्टरनर अप बनिन् भने, कक्षा २ कै ८ बर्षे स्वीकृति पुनलाई गायिका अञ्जना गुरुङ्गको ‘म त काली सुन्दरी, चर्चा मेरो गाउँभरी’ बोलको गितले सेकेण्ड रनरअप बनायो ।
विद्यालयले तिन वर्ष देखि कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीका लागि लिटिल च्याम्प र कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि महेन्द्र ताराको प्रतिस्पर्धा गराउ“दै आएको छ । जिल्लाकै एक मात्र विद्यालयमा हुने गरेको यस्तो प्रतिस्पर्धा निर्क चर्चित छ । विद्यालयका प्राचार्य केशरबहादुर थापाले विद्यार्थीहरुको शैक्षिक विकाससंगै सांस्कृतिक क्षमताको विकासका लागि महेन्द्र तारा र लिटिल च्याम्प कार्यक्रम शुरु गरिएको बताए । यस वर्षको लिटिल च्याम्पमा २६ बालबालिका सहभागी थिए । विद्यालयले क्वालीफाइङ राउण्डलाई तिन चरणमा विभाजन गरी प्रतिस्पर्धा गराउ“दै महेन्द्र तारामा १० र लिटिल च्याम्पमा ७ जनालाई अडिसन राउण्डमा प्रवेश गराएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुवनप्रसाद श्रेष्ठले विद्यालयको आन्तरिक स्रोतबाट शुरु गरिएको कार्यक्रम तिन वर्षमै विद्यार्थीमाझ निकै चर्चित भएको बताए । चर्चासंगै उत्कृष्ट प्रतिभालाई बाहिरी सहयोग र पुरस्कार थपिने क्रम जारी रहेको श्रेष्ठले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग