Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६०१ सभाषदलाई कालो मोसो दल्ने चेतावनी

Published on 3:08:00 AM //

तेजेन्द्र थापा
आफ्नो मागहरु पुरा नभए र जातिय आधारमा राज्य बिभाजन गरीए आफुहरु चुप लागेर नबस्ने बरु सबै जातिको अधिकार सुनिश्चित नभएको संबिधान जलाउने र ६०१ सभाषदरुलाई कालो मोसो दल्ने छेत्री समाजका अध्यक्ष यम बहादुर थापाले चेतावनी दिनु भएको छ ।
छेत्री समाज नेपालको जागरण अभियान अन्तर्गत गुल्मीको शान्तिपुरमा पहिलो ईलाका भेला सम्पन्न भएको छ । छेत्री समाज नेपाल गुल्मीका जिल्ला अध्क्ष्य यम बहादुर थापाको अध्क्षतामा सम्पन्न सो भेलामा प्रमुख अतिथि क्षेत्री समाज नेपाल लुम्बिनि अञ्चल इन्चार्ज् तथा केन्द्रीय सदस्य लक्ष्मण थापा, क्षेत्री समाज गुल्मिकी अध्यक्ष अमृता कुँवर, महिला क्षेत्री समाज केन्द्रीय सदस्य जानकी जीसि लगायत क्षेत्री समाज नेपालका केन्द्रीय सदस्यहरु अतिथी रहनुभएको थियो । कार्यक्रममा शन्तिपुर आसपासका बाग्लुङ र गुल्मीका बिभिन्न गाबीसबाट हजारौँ क्षेत्रीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै बक्ताहरुले आदिबासि क्षेत्रीहरुलाइ राज्यले अन्य जातिमा राखेर जल, जमिन र जङलबाट बिमुख बनाउन खोजेको, जातिय आधारमा राज्य बिभाजन हुन लागेको र सिमित जातिलाई मात्र आरक्षणको ब्यबस्था गरिएको भन्दै त्यसका बिरुद्दमा क्षेत्रीहरु एकजुट भएर लडनु पर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी छेत्री समाज गुल्मीका अध्यक्ष यम बहादुर थापाले क्षेत्रीहरुले अरु जातिको अधिकार खोस्न नभै आफ्नो गुमेको अधिकार प्राप्त गर्न लगेको र आफुहरु कुनै जाती तथा राजनीतिक दलको बिरोधी पनि नभएको बताएका थिए । छेत्रीहरु पहिले नेपाली त्यस पछी क्षेत्री र मात्र राजनीतिक कार्यकर्ता भएको, आफुहरु जातिबादी नभएर राष्ट्रबादी भएको समेत उनले बताए । उपस्थित भेलालाई सम्बोधन गर्दै थापाले मिचिएको नेपाली भुमी फिर्ता गर्न बिगतमा १०औ हजार क्षेत्रीहरु सुस्त गएको र आफ्नो माग पुरा नभए जातिय आधारमा राज्य बिभाजन गरीए आफुहरु चुप लागेर नबस्ने बरु सबै जातिको अधिकार सुनिश्चित नभएको संबिधान जलाउने र ६०१ सभाषाधरुलाई कालो मोसो दल्ने समेत चेतावनी दिनु भयो । राजनीतिक दलहरुले हाम्रो मागको बेवास्ता गरेमा ७०लाख क्षेत्रीले नयाँ राजनीतिक दल खोल्न बाध्य हुने र त्यसपछी अहिलेका माउ भन्ने दल समेत पाखा लाग्ने चेतावनी दिनु भयो । सो भेलाले इलाका कमीटी समेट गठन गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग