Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुडा वुन्ने तालिम शुरु

Published on 9:20:00 PM //

विष्णु पौडेल
गुल्मीको जैसिथोक गाविसमा आज एक महिने मुडा बुन्ने तालिम सम्पन्न भएको छ । हिमचुली महिला बिकास संस्थाको आयोजना र जैसिथोक गाविसको आर्थिक सहयोगमा संचालित तालिम आज सम्पन्न भएको हो । "सिप सिकौँ, स्वरोजगार बनौँ" भन्ने नारा सहित शुरु भएको तालिममा जैसिथोक गाविसका ३१ महिला पुरुष तालिम सहभागी भएका थिए ।

साथै सोही समारोहमा नै एक महिने सिलाई कटाई तालिमको पनि उद्घाटन गरीएको छ । १५ जनाको सहभागिता रहेको तालिममा पुष्पा घर्ती र माया थापाले प्रशिक्षण दिने आयोजकले जनाएको छ । हिमचुली महिला विकास संस्थाकी अध्यक्ष तारा खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन समारोहमा गाविस सचिव डिल्ल्ीराज आचार्यको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा एकिकृत नेकपा माओबादीका बिरेन्द्र कुँवर, कांग्रेसका रामप्रसाद घिमिरे, एमाले पूर्ण प्रसाद पोखरेल, राप्रपाका बाबुलाल कामी, पत्रकार अर्जुन भण्डारी, नव प्रभात युवा संघका सामाजिक परिचालक बिजय पोखरेल, गाविस सहयोगी सोभाखर खनाल, रामप्रसाद पोखरेल लगायतले बोल्दै सहभागिलाई तालिममा सिकेको सिपलाई प्रयोग गरी व्यवसायिकतामा लाग्न आग्रह गर्दै गरेका थिए । कार्यक्रम प्रशिक्षार्थी विष्णु पोखरेललेको स्वागत तथा गाविसका सामाजिक परिचालक बिना पोखरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग