Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बसले च्यापेका शवहरु निकाल्न मुस्किल, उद्दार कार्यमा कठिनाई

Published on 9:45:00 PM //

भरत पाण्डेय
जोर्ते दुर्घटनामा परेकाहरुको उद्धार र शव निकाल्नको लागी मुस्किल परेको प्रहरीले जनाएको छ । रातको समय र गाडी उठाउने साधन अभावका कारण समस्या भैरहेको हो ।
“शवहरु गडीले च्यापेको अबस्थामा छन्, घाईँते १५-१६ जनालाई अर्कोगाडीमा अस्पत्ताल पठाईयो", हार्थोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ऋषी ज्ञवालीले टेलिफोनमा भन्नुभयो, "रातको समय छ , गाडी उठाउन केही साधन छैन प्रयास गरीरहेका छौँ ।”
बुटवलबाट गुल्मीको तम्घास आउँदै गरको लु १ ख ४३१० नम्बरको यात्रुबाहक बस पाल्पाको देउराली गाविस जोर्तेमा दुर्घटना हुँदा २ जनाको गाडीले च्यापेर मृत्यू भएको छ भने १० जना भन्दा बढी घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी लुम्बिनी मेडीकल कलेज प्रवासमा पठाईएको उहाँले जानकारी दिनुभयो । मृतकहरु बसले च्यापेको अबस्थामा रहेकोले सनाखत पनि हुन सकेको छैन ।
निकै अप्ठ्यारो मोड भएकोले र ओरालोमा तिब्र गति तथा ओभरलोडको कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरीकार्यालय पाल्पाले जनाएको छ । प्रहरी घटनास्थलमा भर्खर मात्र पुगेकोले उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग