Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाल्पाको जोर्तेमा बस दुर्घटना, २ को मृत्यू १० भन्दा बढी घाईते

Published on 8:53:00 PM //

भरत पाण्डेय
पाल्पाको जोर्तेमा भर्खरै भएको बस दुर्घटनामा २  जना यात्रुको मृत्यू भएको छ । बुटवलबाट गुल्मीको तम्घास आउँदै गरको लु १ ख ४३१० नम्बरको यात्रुबाहक बस पाल्पाको देउराली गाविस जोर्तेमा दुर्घटना हुँदा २ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । करीव पौने आठबजेतिर जोर्तेको मोडमा भएको दुर्घटनामा १० जना घाईते भएको र उनीहरुलाई उपचारको लागी लुम्बिनी मेडीकल कलेज प्रवासमा पठाईएको हार्थोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ऋषी ज्ञवालीले जानकारी दिनुभयो ।
मृतकहरु बसले च्यापेको अबस्थामा रहेकोले सनाखत हुन नसकेको र उद्धारकार्य जारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।
निकै अप्ठ्यारो मोड भएकोले र ओरालोमा तिब्र गति तथा ओभरलोडको कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरीकार्यालय पाल्पाले जनाएको छ । प्रहरी घटनास्थलमा भर्खर मात्र पुगेकोले उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग