Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी कार्यालय गुल्मीमा प्रहरी सुचना डेक्सको स्थापना

Published on 10:44:00 PM //


गगनशिला खड्का
के तपाईहरु कुनै कामका लागी जिल्ला प्रहरी कार्यालय धाउदाँ-धाउँदै निरास हुनुहुन्छ ? सायद त्यहाँ काम लिएर जाँदा बस्ने राम्रो ठाउँ र सोधपुछ गर्ने स्थानको बारेमा जानकारी नहुदाँ समस्या भोगीरहनु भएको पो थियो की ? अब जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी वा न्यायका लागी जाँदा तपाईहरु त्यो समस्याबाट मुतm हुनुभएको छ । गुल्मी उधोग वाणिज्य संघ,रेसुङ्गा विकास बैङ्क र निर्माण व्यवसायी संघ गुल्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा प्रहरी सुचना कक्षको स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्र्यालय गुल्मीमा सेवा लिनका लागी आउँने सेबाग्राहीहरुलाई बस्ने ठाउँको अभाब तथा आफन्तलाई कुरेर बस्न लाग्ने गरेको खाली समयका कारण सेवा लिन आउने सेबाग्राहीहरुलाई समस्या परेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारका अनुसार प्रहरी कार्यालयमा सेवाका लागी आउँने सेवाग्राहीको समस्यालाई मध्यनजर राखेर बिभिन्न संघ संस्थाको सहयोगमा उक्त प्रहरी सुचना कक्षको स्थापना गरिएको हो ।
बैदबारले त्यस प्रहरी सुचना कक्षमा सेवाग्राहीहरुले उजुरीका लागी आउँदा पहिले नै सुचना कक्षमा गई विभागीय फाँटको बारेमा जानकारी लिने, उजुरी कहाँ दिने,कस्तो उजुरी दिने,को संग जाने भन्ने विषयमा सोध्न पाउँने बताउनुभयो । उहाँले त्यस प्रहरी सुचना कक्षबाट सेवाग्राहीहरुले आफ्नो खाली समयको सदुपयोग गर्दे प्रहरीले गरेका विभिन्न गतिविधीका बारेमा टेलिभिजनबाट हेर्न र प्रहरीद्धारा प्रकाशित पुस्तकहरु पढ्न पाउँने गरी व्यबस्था मिलाईएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले त्यहाँ उजुरीका लागी आउँने सेबाग्राहीहरुलाई बस्दा खेरी बोर नलागोस भनेर यस्तो ब्यवस्था गरेका हौ ।” सुचना कक्ष स्थापनका लागी सहयोग गर्ने संघ संस्थालाई आभार प्रकट गर्दे बैदबारले भन्नुभयो, “म जिल्लामा आएको लगभग ७ महिना जति हुन लाग्यो,यस समय अबधि सम्म मैले आग्रह गरेका कुनै पनि कुरामा अटेरी नगरी मैले सोँचेका कामहरु पुरा गराउनँका लागी सहयोग गर्नुहुने सबैलाई धन्याबाद दिन चाहन्छु ।”उहाँले भन्नुभयोः—“अझ विषेश रुपमा आर्थिक र सामाजिक रुपमा सहयोग गर्ने गुल्मी उधोग बाणिज्य संघ,रेसुङ्गा बिकास बैङ्क र निर्माण व्यवसायी संघ प्रति विषेश आभार प्रकट गर्दछु,जसले गर्दा आज व्यबस्थीत र सुविधायोग्य सुचना कक्ष निर्माण भएको छ ।”
प्रहरी सुचना कक्ष स्थापनाका लागी निर्माण ब्यबसायी संघले तारबार,ढोका बनाउने ,रङ्ग पेन्टीङ्ग गर्ने लगाएतका सहयोग गरेको छ भने रेसुङ्गा बिकास बैङ्कले १५ हजार मूल्यको टेलिभिजन र गुल्मी उधोग बाणिज्य संघले ४ हजार रुपैयाँको डि.भी.डी मेसिन प्रदान गरेको गुल्मी उधोग बाणिज्य संघका महासचिब कृष्ण प्रसाद पोख्रलले बताउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय गुल्मीमा आउँने अधिंकाश सेबाग्राही तथा पिडितलाई भुल्ने ठाउँ नहुदाँ ग्राहो भएको तर आगामी दिनमा भने त्यो समस्या बाट प्रहरी कार्यालय आउँने सेबाग्राही मुतm भएको बताउनुभयो ।
यस्तै रेसुङ्गा विकास बैङ्कका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफुहरुको सानो सहयोगले धेरै जनताले सुविधा पाउँने भएकाले विकास बैङ्कले टेलिभिजन प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामीले प्रदान गर्ने एउटा सानो रकम र सानो सहयोगले धेरै व्याक्तिहरुले सुविधा पाउँछन भने त्यसका लागी हामी किन कन्जुस्याई गर्ने भनेर टिभी दिएका हौ ।” श्रेष्ठले सहयोग स्वरुप रेसुङ्गा विकास बैङ्कले प्रदान गरेको टेलिभिजनको सहि सदुपयोग हुने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग