Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा निर्माण भएका गाउँघर क्लीनीक नमुना योग्य

Published on 10:43:00 PM //


गगनशिला खड्का
जनताको घर दैलोमा स्वास्थ्य सेवा पु¥याउने उदेश्यका साथ नेपाल सरकारले सुरु गरेको हेल्थ हर्ट कार्यक्रम अन्तर्गत गुल्मीको पल्लीकोट गाविसमा जिल्लाकै उदाहरणीय गाउँ घर क्लिनीक भवनको निर्माण गरिएको छ । मान्छेमा इच्छा,चाहना र मेहनत भयो भने पैसो भन्ने कुराले काम गर्न कुनै कठिनाई पार्देन भन्ने कुराको गतिलो उदाहरण गुल्मीको पल्लीकोट वासीले दिएका छन ।सरकारले उपलब्ध गराएकोे ५० हजार आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदान तथा गाबिसको १ लाख ५० हजार वरावरको सहयोगमा निर्माण गरिएका ३ वटा गाउँघर क्लीनीक भवनको प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले उद्घाटन गर्नुभएको छ ।
भनको उद्घाटन गर्दे प्रमुख जिल्ला अधिकारी नेपालले पल्लीकोट गाविसमा निर्माण भएका गाउँघर क्लीनीक जिल्लाकै नमुना र सुबिधायोग्य बनेको बताउनुभयो । उहाँले पल्लीकोट गाविसका जनताको जाँगर र महेनतको प्रसंशा गर्दे अन्य गाविसले पनि पल्लीकोट गाविसले जस्तै काम गरेर समाजमा उदाहरीय बन्नुपर्ने सुझाब दिनुभयो । यस्तै कार्यक्रमका विषेश अतिथी जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले पल्लीकोट गाविसले स्वास्थ्य क्षेत्रमा मात्र नभई महिला हिंसा न्युनीकरण,अपराध नियन्त्रण जस्ता कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा जिल्लाकै नमुना गाविसको रुपमा परिचित पल्लीकोटले आगामी दिनमा अपराध मुतm गाविसको रुपमा पनि पहिचान बनाउन जरुरी रहेको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. हरी बहादुर केसीले नेपाल सरकारले सञ्चालन गरेका स्वास्थ्य सम्बन्धि कार्यक्रममा गुल्मी जिल्लालाई उत्कृष्ट बनाईरहन जनताले सहयोग गरेकोले यसपटक हेल्थहर्टमा पनि नमुना जिल्ला बनाउन पल्लीकोटबाट शुरुवात भएकोले यसलाई जिल्लाका सबै गाविसले अनुसरण गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी युनियनका उपाध्यक्ष नारायण अर्यालले पल्लाीकोट गाविसले गरेको राम्रो र उदाहरणीय कामको शुरुवात गुल्मी जिल्लाका अन्य गाविसले पनि अबलम्बन गर्नुपर्ने बताउनुभयो ।उहाँले स्वास्थ्य क्षेत्रमा अहिले सम्म जिल्लाकै उत्कृष्ट र नमुना गाविसका रुपमा रहेको पल्लीकोट गाविसलाई जिल्ला स्वास्थ्य कार्यलयले निक साईमन्सले प्रदान गर्ने राष्ट्रीय अवार्डका लागी सिफारिस गर्न आग्रह गर्नुभयो ।गाउँघर क्लीनिक भबन उद्घाटन तथा महिला स्वास्थ्य स्वयंम सेवीका सम्मान कार्यक्रममा सञ्चारिका समुहका अञ्चल सदस्य तथा नेपाल पत्रकार महासंघ गुल्मीका सदस्य गगनशिला खड्काले थोरै लगानीमा धेरै काम गरेर देखाउने पल्लीकोट गाविसका जनतालाई बधाई दिदै काम गर्ने हौसला प्रदान गनुभएको थियो ।
उहाँले साना २ कोठे भबनका लागी लाखौ रुपैयाँ खर्चेको कागज बनाएर सरकारलाई ठग्ने प्रबृत्तीको विकास भईरहेको बेला पल्लीकोटबासीले निर्माण गरेको भबनले त्यस्ता ठगहरुलाई चुनौती दिएको बताउनुभयो । खड्काले महिला स्वास्थ्य स्यंम सेवीका प्रति इंकित गर्दे बर्षोदेखी समाजसेवा गरेर सामाजिक सेवाभाबलाई अंगाल्नु भएका महिला स्वास्थ्य स्यंम सेवीकाहरुको समाजले ढिलो चाँडो कामको मूल्याङ्गन गरेको बताउनुभयो । कार्यक्रममा पल्लीकोट गाबिसका १० जना महिला स्वास्थ्य स्वयंम सेबीकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम पल्लीकोट उपस्वास्थ्य चौकीका ग्रामीण स्वास्स्थ्य कार्यकर्ता शोभाखर न्यौपानेको स्वागत मन्तव्य र उपस्वास्थ्य चौकी इन्चार्ज श्यमाशुन्दर पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग