Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तत्काल क्याण्टोनमेण्ट खाली गर: ज्ञवाली

Published on 8:24:00 PM //


गगनशिला खड्का
एमाले स्थाई समिती सदस्य प्रदिप ज्ञवालीले शान्ति प्रक्रिया टुङ्गयाउन ढिलो भै सकेको भन्दै तत्काल क्यान्टनमेन्ट खाली गर्नुपर्ने वताउनु भएको छ । सहरी विकास तथा व्यावस्थापन समिति वामी टक्सारले सहरी विकासका लागी वामी र त्यस क्षेत्रका जन समुदाय विच सहकार्य अभियान २०६८ को उद्घाटन गर्दै ज्ञवालीले यस्तो कुरा बताउनुभएको हो ।
राजनितिक दलहरुले आ आफ्नो हैसियत अनुसारको मिश्रीत संविधान वन्ने र राजनितीक दलहरु इमान्दार हुनु पर्ने ज्ञवालीले वताउनु भएको छ । नेपाली जनताले शान्ति चाहेको भन्दै कुनै पनि तानासाह स्वीकार्य नहुने उहाँको भनाई छ । भावि संविधानमा पुरानो संसदिय व्यावस्था वा तानासाहि राष्ट्रपतिय व्यावस्थाा हुन नसक्ने तर्क गर्दै ज्ञवालीले संघियतामा जातिय राज्य स्वीकार्य नहुने वताउनु भएको छ ।
गुल्मी क्षेत्र नं. २ का सभासद सम्म रहनुभएका ज्ञवालीले वामी टक्सारको शहरी विकासका लागी नगर विकासको अवधारणा ल्याउन र तत्काल प्रक्रिया अगाडि वढाउन अनुरोध गर्नुभएको छ । उहाँले विकासलाई उत्पादनमा जोड्नु पर्ने भन्दै गुल्मीको विकासका लागी कालिगण्डगी करीडोर महत्वपूण पुर्वाधार भएको वताउनु भएको छ । उहाँले हर्मिचौर अर्वेनी ट्रयाक खोल्ने र रिडि रुद्रावेन वामी टक्सार सडकको विस्तार हुँदा वित्तिकै धेरै विकासको आधार वन्ने दावी गर्नुभएको छ । कार्यक्रममा वक्ताहरुले जनस्तरका विकास सम्वन्धी विभिन्न प्रसङ्ग उठाएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग