Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा ट्रान्सपरेन्सीको शाखा

Published on 8:26:00 PM //


गगनशिला खड्का
सर्वत्र भष्टाचार मौलाईरहेका वेला गुल्मीमा भ्रष्टाचार नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले पारदर्शी नेपाल गुल्मी शाखा गठन गरेको छ । जिल्लाका विभिन्न संघसस्थाका प्रतिनिधीको उपस्थितीमा भएको भेलाले अध्यक्षमा श्याम कुमार पाण्डेको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिती गठन गरेको हो । समितीको उपाध्यक्षमा शुशिला मरासिनी, सचिवमा गगनशीला खड्का र कोषाध्यक्षमा महाशर्मा भण्डारी रहनुभएको छ । सदस्यहरुमा कानुन व्यावसायी वेदप्रसाद कुँवर, मानवअधिकारकर्मी नरेश भण्डारी, महिला प्रतिनीधि अञ्जु निरौला, दलित साझा मञ्चका धनेन्द्र विश्वकर्मा र जनजातीको तर्फबाट पी एम मगर रहनुभएको छ ।
समितीको सल्लाहकारमा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी, नेपाल पत्रकार महांघका अध्यक्ष घनश्याम गौतम, नेपाल बार एसोसियसनका प्रेमराज आचार्य, शान्तीका लागि मानब अधिकार समाजका दान बहादुर केसी,नागरिक समाजका पदम प्रसाद पाण्डे र गैरसरकारी संस्था महासंघका विष्णु प्रसाद भण्डारी रहनुभएको छ । तदर्थ समितीले जिल्लामा भ्रष्टाचार नियन्त्रणमा सघाउँ पु¥याउन पारदर्शी नेपाल गुल्मीको विधान निर्माण गरी दर्ताको प्रकृया अगाडि वढाउने जनाएको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै रेसुङ्गा वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीले संस्था गठन भन्दा पनि कामको महत्व हुने भन्दै निर्देशित काम गरी भष्टाचार अन्त्यको लागी उल्लेखनीय भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नवगठित समितीका अध्यक्ष श्याम कुमार पाण्डेले संस्था भ्रष्टाचार नियन्त्रणको लागी क्रियाशिल रहँदै सार्वजानिक सेवामा पारदर्शिता र जवाफदेहिता ल्याउनको लागी उल्लेखनीय काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष दुर्गा प्रसाद पाण्डे र सञ्चालन महासचिव कृष्णप्राद पाखे्रलले गर्नुभएको थियो । साथै आजै बसेको नबगठित समितिको पहिलो बैठकले गुल्मीमा पारदर्शी नेपाल गुल्मीको गठनका लागि भेला आयोजना गरेर समन्वयात्मक भुमिका निर्वाह गरेकोमा आभार सहित धन्याबाद दिएको छ ।
यस्तै समितिको बैठकले पारदर्शी नेपाल गुल्मीको विधान मस्यौदा तयार पार्नका लागि बेद प्रसाद कुवरको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । जसका अन्य पदाधिकारीहरुमा अञ्जु निरौला र पिएम मगर रहनुभएको छ । साथै बैठकले यहि माघ २० गते भैरहवामा हुने ट्रान्सपरेन्सी नेपालको भेलामा संस्थाका अध्यक्ष श्याम कुमार पाण्डे र सचिब गगनशिला खड्कालाई पठाउने निर्णय गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग