Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टोल सुधार समिति गठन अभियान गुल्मीमा तिब्र

Published on 10:42:00 PM //


गगनशिला खड्का
सभ्य र शान्त समाज निर्माणका लागी समुदायको भुमीका मह्त्वपुर्ण हुने भन्दै जिल्ला प्रहरी कार्यलय गुल्मीले थालेको टोल सुधार समिति गठन प्रक्रिया गुल्मी जिल्लामा तिब्र रुपमा अगाडी बढेको छ । जिल्लाका ७९ वटै गाविसका पत्येक वार्ड र बजार क्षेत्रमा गठन गरिएका टोल सुधार समितिका समाचारहरु आईरहेको बेला गुल्मीको विकट गाविस दर्लिङ्गमा पनि टोल सुधार समिति गठन भएको समाचार प्राप्त भएको छ ।
स्थानीय स्तरमा हुने झैझगडा,कुटपिट र गाली बेइज्जती समन्धी घटनाहरुलाई जिल्ला स्तरमा भन्दा स्थानीय तहबाटै मिलाउनका लागी गठन गरिएको १५ सदस्यीय टोल सुधार समितिको अध्यक्षमा प्रेम बहादुर श्रीस रहनुभएको छ । स्थानीय राजनितिक दल,समाजसेबी,शिक्षक,बुद्धीजीबी,नागरिक समाज,महिला क्बल र गाविस सचिबको संलग्नतामा गठन गरिएको समितिको उपाध्यक्ष भुपाल सिंह,सचिब यमलाल अर्याल,सदस्यहरुमा शसीराम पुरी,युद्धविर घर्ती, चुरामणी काउँछा,बिर बहादुर परियार,लाल बहादुर विक,सावीत्रा भण्डारी मगर,राम प्रसाद अर्याल,धनिश्वर अर्याल, कृष्ण केसी, बोम बहादुर बुढा,टोप बहादुर थापा र गाविस सचिब गोपाल सेन रहनुभएको छ ।
प्रहरी चौकी सिमलटारीका प्रहरी हबल्दार डिल बहादुर बरामुको उपस्थीतिमा गठन गरिएको टोल सुधार समितिले र्दिलङ्ग गाविसमा साँझ ५ बजेपछि राती ९ बजेसम्म मात्र मदिरा विक्री वितरण गर्न पाईने यदि त्यसो नगरी अटेर गरेर सेबन तथा विक्री बितरण गरेमा पहिलो चरणमा सजग बनाउने,दोश्रो पटक २ सय रुपैयाँ,तश्रो पटक ५ सय रुपैयाँ जरिवाना गराउने र त्यती गर्दा पनि नटेरेमा टोल सुधार समितिको सिफारिसमा प्रहरी चौकी सिमलटारीमा पठाउँने निर्णय गरेको छ । समितिले निश्चित समयमा भन्दा अन्य समयमा मदिरा विक्री बितरणमा रोक,जुवा तास तथा हिंसा न्युनीकरणमा सहयोग पु¥याउँने उदेश्य राखेको समितिका सचिब यमलाल अर्यालले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग