Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको दास्रो सभा

Published on 7:21:00 PM //


विष्णु पौडेल
नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको दोस्रो जिल्ला सभा सम्पन्न भएको छ । गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न सभामा प्रतिष्ठानका केन्द्रिय सदस्य अर्जुन रानाभाटको प्रमुख आतित्थ्यता रहेको थियो । प्रतिष्ठानका गुल्मी जिल्ला सभापति शेर वहादुर थापाको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, राजनितिक दलको तर्फवाट राप्रपाका भरत वहादुर चन्द, जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख हरी वहादुर केसी, नेपाल रेडत्रसका केन्द्रिय उपाध्यक्ष शसी पन्थी, अन्तरापार्टी महिला सञ्जालकी विष्णु सापकोटा, डाक्टर विकास सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका सचिव अखिलेश्वर प्रसाद पाण्डेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष धना भण्डारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा नयाँ आजिवन सदस्यलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । प्रतिष्ठानका उपाध्यक्ष डाक्टर भेषवहादुर पोख्रेलको स्वागत र सचिव अखिलेश्वरप्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग