Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दर्लामचौर गाविसको गाउँ परिषद् सम्पन्न

Published on 7:20:00 PM //


विष्णु पौडेल
हिजोदेखि सुरु भएको दर्लामचौर गाविसको गाउँ परिषद् सम्पन्न भएको छ । गाविस सचिव नरवहादुर अर्यालको अध्यक्षतामा सम्पन्न गाउँ परिषद्ले आर्थिक वर्ष २०६९÷७० को कुल २२ लाख १५ हजार विभिन्न शिर्षकमा विनियोजन गरिएको छ । परिषद्ले कुल वजेट मध्ये ३ लाख २७ हजार कार्यलय सञ्चालन र वाँकी वजेट विकास निर्माणका तथा लक्षित वर्ग तर्फ विनियोजन गरिएको गाविस सचिव अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरी विकास वजेटको लक्षित वर्ग तर्फ महिलाको लागी १ लाख ८७ हजार, विपन्न वालवालिकका लागी १ लाख ८७ हजार, जेष्ठ नागरिक, दलित, जनाजाति तथा अपाङ्ग तर्फ २ लाख ८० हजार ५ सय विनियोजन गरिएको छ । यसैगरी कृषिमा २ लाख ८० हजार ५ सय, विद्युतीकरणमा ५० हजार, मोटरवाटोमा २ लाख, शिक्षामा २ लाख ७५ हजार, खानेपानिमा २ लाख ८० हजार ४ सय ५०, र स्वास्थ्यमा  १ लाख १ हजार ५ सय रुपैँया विनियोजन गरिएको छ ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका तोनाथ सापकोटा, नेपाली कांग्रेसका पदम वहादुर कुँवर, नेकपा एमालेका शिरवहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका रामेश्वर खत्री, लगायत वडा नागरिक मञ्चका संयोजक, महिला, दलित, जनजाति, अपाङ, संघसस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको सामाजिक परिचालक चन्द्र वहादुर महतराले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग