Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुहिक कफी खेती गर्नुपर्नेमा जोड

Published on 7:24:00 PM //


विष्णु पौडेल
सामुहिक रुपमा कफि उत्पादन नगर्दा गुल्मीमा व्यवसायिक कफि फस्टाउन नसकेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । अजरअमर कफि उत्पादक सहकारी संस्था लिमिटेड अर्जे गुल्मीको पाँचौ साधरणसभामा वोल्ने वक्ताहरुले कफि विकासका लागी लिईएको क्रृण अन्य क्षेत्रमा लगाउँदा कफि खेती फस्टाउन नसकेको औँल्याएका थिए । साथै उनीहरुले कृषकहरुको उत्पादनमा जिल्ला कृषि विकास कार्यालयले निरन्तर निगरानी राख्नुपर्ने सुझाव समेत दिएका छन् ।
कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला कृषि विकास कार्यालय गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नरहरि प्रसाद घिमिरेले कृषकको आर्थिक विकासको लागीको आधुनिक व्यवसायिक कृषि र उचित वजारीकरण हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै जिल्ला संघका उपाध्यक्ष शेषकान्त गौतमले सहकारीहरु समयानुसार परिवर्तन भई कृषकको आर्थिक पार्जनमा टेवा पु¥याउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यलय गुल्मीका योजना विकास अधिकृत मणिरत्न अर्याल, अर्जे गाविसका सचिव चिरन्जीवि घिमिरे, खड्ग वहादुर अर्याल, रेशम जिसी, रामवहादुर गौतम लगायतले मन्तव्य राख्दै आर्थिक क्रान्तिको लागी कृषि व्यवसायिकता तर्फ उन्मुख हुनुपर्ने वताउनुभएको थियो ।
साथै सोही अवसरमा स्थानीय स्तरमा उत्पादित तरुल, फसी, मुला, गाजर, उन्नत जातका वाख्रा लगायतका  कृषि उत्पादकको प्रदर्शन समेत गरिएको थियो । कार्यक्रममा स्थानीय कृषक गोपाल प्रसाद गौतमले ५० किलोको तरुल प्रर्दशन गर्नुभएको थियो ।
कार्यक्रममा सोही सहकारी संस्थाका अध्यक्ष सेरवहादुर केसीले संस्थाको वार्षिक सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजक हरी प्रसाद पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
२०६३ सालमा स्थापना भएको उक्त सहकारी संस्था सहकारी संस्थामा अर्जे र अम्मरपुर गाविसका करिव २५० जना कृषक सदस्य छन् । कार्यक्रम संस्थाका अध्यक्ष सेरवहादुर केसीको अध्यक्षता, सदस्य हिरा वहादुर केसीको स्वागत र ढुण्डीराज पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग