Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुसिकोटका सारुको साउदीमा मृत्‍यु

Published on 9:26:00 PM //


कमल महत
गुल्मी जिल्लाको मुसीकोट गाविस ६ का गोबिन्द बहादुर सारू मगरको साउदी रियादमा क्रेनले उठाइरहेको सामानले थिचेर मृत्‍यु भएको छ । सारुको गत ८ जनवरी दिउसो ३:०० बजे सुलाइ १७ नम्बर रियादस्थित अल फरोत हदित कम्पनीमा डिउटिकै समयमा क्रेनको चेन छिनेर क्रेनले उठाइरहेको समानले थिचेर घटना स्थलमै मृत्यु भएको हो । मृतक गोबिन्द बहादुर सारू मगर भारतको बाटो हुदै ७ महिना अगाडी साउदी अरबको उक्त कम्पनीमा आएको मृतकका आफन्त नर बहादुर सारू मगरले बताउनुभयो ।
यस दुर्घटनाको बारेमा नेपाली दुतावास रियाद नियोग उप प्रमुख श्री हरिश्चन्द्र घिमिरे ज्यूसँग फोन मार्फत जानकारी गराएको र जानकारीका क्रममा दुतावासले सक्दो चाँडै मृतकको शब नेपाल पठाउन पहल गर्ने बताउनु भयो । यसै दुर्घटनाको बारेमा नेपाली दुतावास रियादमा मृत्यु तथा क्षतिपूर्ति सम्बन्धी मुद्धा हेर्ने कमरूल हक ज्यूसँग जानकारी माग्दा मृतकको शब पठाउन चाहिने प्रमाण-पत्रहरू उपल्बध गराउन मृतकको साउदी मालिकसँग कुरा भएको र मृतकको साउदी मालिकले सकारात्मक जवाफ दिएको जानकारी गराउनु भएको छ ।
मृतक गोबिन्द सारू मगरको एक श्रीमती र २ नाबालक छोरी रहेको मृतकका आफन्तले बताउनु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग