Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

इलाका स्तरीय योजना तर्जुमा गोष्ठी गुल्मीमा शुरु

Published on 9:42:00 PM //


पि.एम.मगर
इलाका नं. १३ को इलाका स्तरीय योजना तर्जुमा गोष्ठी आज गुल्मीको घमिरमा सम्पन्न भएको छ । जिल्ला विकास समितिको आयोजनामा सम्पन्न गोष्ठीमा वोल्दै एकीकृत नेकपा माओवादीका उमा विक, नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला प्रतिनिधी लक्ष्मण विष्ट, राष्ट्रिय जनमोर्चाका जिल्ला प्रतिनिधी रामेश्वर खत्री, नेकपा एकीकृतका चुरामणी काउछा, राप्रपा नेपालका हिमालय के.सी.लगायतले कार्यक्रममा वोल्दै पहुँचका आधारमा योजना वितरण गर्ने प्रकृयालाई राज्यले हटाउनुपर्ने भन्दै सम्पन्न छैठौँ इलाका स्तरीय गोष्ठीमा प्राथमिकीकरणमा परेका योजनाहरुले सफलता पाउन भन्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न गाविसका गाविस सचिव, पार्टी प्रतिनिधी, स्वास्थय कर्मचारी, सामाजिक परिचालक लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । साथै गोष्ठीले प्रमुख पाँच भित्र परेका योजनाहरु प्राथमिकीकरण गरेको छ । कृषी वन तथा वातावरण विकास कार्यक्रममा अमरपुर गाविसको कृषी औजार पावर टेलर तथा हाते ट्याक्टर, जनसंख्या तथा सामाजिक विकासतर्फ दलीत लक्षित कार्यक्रम अन्तर्गत मर्भुङ्गमा चर्पी निर्माण, भुमि तथा जलश्रोत विकास कार्यक्रम अन्तर्गत विरमाने दुःख लाँकुरी खानेपानी योजना छापहिले गाविसमा, पुर्वाधार र संरचना विकासतर्फ घमिर उपस्वास्थ्य चौकीको भवन निर्माण लगायतका योजनाहरु तय गरेको छ ।
घमिर गाविस सचिव राजु शर्माको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख सहजकर्ता जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमको रहेको थियो भने कार्यक्रमको सञ्चालन जिविस गुल्मीका नायवसुव्वा हरिप्रसाद पोखरेलले गर्नुभएको थियो । यसै गरी उक्त टोलीले भोली इलाका नं. १०को योजना तर्जुमा गोष्ठी अर्खवाङ्ग गाविसमा गर्ने कार्यक्रम रहेको छ ।
यस्तै इलाका नं.५ को इलाका स्तरीय योजना तर्जुमा गोष्ठी आज सम्पन्न भएको छ । रिमुवा माध्यमिक विद्यालय रिमुवा गुल्मीमा सम्पन्न गोष्ठीले सो इलाका भित्रका गाविसहरुवाट आएका योजनाहरुको प्राथमिकिरण तथा योजना तर्जुमा गरेको छ । कार्यक्रममा एकीकृत नेकपा माओवादीका प्रवेश पुन, नेपाली काँग्रेसका खिलध्वज पन्थी, नेकपा एमालेका निलकण्ठ गौतम, राप्रपाका टोपहादुर वस्नेत, पुर्व संसद कमलराज श्रेष्ठ, आदिवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष शेरवहादुर सर्तुङ्गीले लगायतले गोष्ठीको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गोष्ठीको सहजीकरण जिविसका कार्यक्रम अधिकृत विनोद मरासिनी, योजना शाखाका तेजेन्द्र थापा र प्राविधिक फत्तमान थापाले सहजीकरण गर्नुभएको थियो । भोली इलाका नं. ४ को इलाका योजना तर्जुमा गोष्ठी कुर्घा भुवाचिदीमा गर्ने कार्यक्रम रहेको कार्यक्रम अधिकृत मरासिनीले जानकारी दिनुभयो । यसैविच आजै इलाका नं. १ को फोक्सिङ्ग माध्यमिक विद्यालय, फोक्सिङ्ग, इलाका नं. ६ को दिगामा वहुमुखी क्याम्पस, दिगाम, इलाका नं. १२ को म्यालपोखरी मावि म्यालपोखरीमा इलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग