Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँ-घरमै नि:शुल्क आँखाको अप्रेशन

Published on 7:02:00 PM //


तेजेन्द्र थापा  
शान्तिपुर गुल्मीमा आज देखी माघ १३ गते सम्म नि:शुल्क  आँखा अप्रेसन शिबिर सन्चालन शुरु भएको छ । नेपाल नेत्रज्योती संघ, लुम्बिनी नेत्र बिज्ञान अध्यायन सँस्थान, हेल्पेज इन्टरनेशनल, चौधैरी ग्रुप नेपाल, नेपान र आँखा उपचार केन्द्र तम्घासको संयुक्त आयोजनामा सुरु भएको शिबिरलाई स्थानिय रुपमा श्री उदय उच्च माबी शान्तिपुर र रेडक्रस उप-शाखा शान्तिपुरले आयोजना गरेका हुन ।
शिबिरमा छनोट भएका रोगिहरुको नि:शुल्क उपचार हुने तर औषधी तथा चस्माको भने न्युनतम शुल्क लाग्ने नेत्र बिज्ञान अध्ययन सँस्थान भैरहावाका आँखा बिशेषज्ञ  डा. अर्जुन मल्ल भारिले जनकारी दिनुभयो । शिबिर उद्घाटनको अबसरमा बोल्दै डा. मल्लले शहर बजारका महँगा अस्पातलमा हुने उपचार शिबिरमा नि:शुल्क हुने जानकारी दिनु भयो । त्यसैगरी तम्घास आँखा अस्पतालका प्रमुख सुर्य  बहादुर बस्नेतले गरीब तथा औषधी र चस्मा किन्न नसक्नेलाई सित्तैमा उपलब्ध गराउन सकिने समेत बताउनुभएको थियो ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग